आज पनि संसद् बैठक, अवरोध पुर्‍याउने एमाले रणनीति

काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक आज आइतबार पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक आज अपराह्न १ बजे बस्न लागेको हो । आज प्रतिनिधिसभा र राष्ट्रयसभा दुबै सदनका बैठक बस्दैछन् ।

सरकारले प्रमुख प्रतिपक्षी दल एमालेको विरोध र नाराबाजीका बाबजुत शुक्रबार मात्र प्रतिस्थापन बजेट ल्याएको थियो, भने त्यसको अघिल्लो दिन राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको थियो ।

एमालेले पार्टीका तत्कालीन १४ सांसद्को कारबाही सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै रुष्ट छ । दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले निरन्तर सदनमा विरोध गर्दै आएको छ ।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले पनि सदनमा विरोध कायमै राख्ने तर संसदीय मर्यादाको ख्याल गर्न पनि सांसदहरूलाई निर्देशन दिएको छ ।

एमाले सांसद नारदमुनी रानाले संसदमा भइरहेको विरोधको जिम्मेवार सभामुख सापकोटा रहेको बताए । ‘सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न दिँदैनौ, आजको बैठकमा पनि अवरोध गर्छाै,’ उनले न्युज कारखानासँग भने ।

सभामुख सापकोटाले भनेअदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा छलफल हुन नसक्ने बताउँदै आएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। रेल्वे अध्यादेश, २०७८ लगायतका दर्जन अध्यादेश पेस गर्ने कार्यसूची छ ।न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।