सभामुख निष्पक्ष नबन्दा हामीले संसद् अवरुद्ध गर्नुपर्यो; केपी शर्मा ओली

झापा, २९ भदौ । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताउनुभएको छ ।

नेकपा एमाले झापाले आज विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताउनुभयो ।

आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उहाँको भनाइ थियो ।

आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताउनुभयो । “हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन”, उहाँले भन्नुभयो ।

एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिदैन ।” अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाडौँबाट यहाँ आइपुग्नुभएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖