१० गुणा बढी मतान्तरले संखुवासभा कांग्रेस सभापतिमा दीपक खड्का विजयी

संखुवासभा, १८ असोज । नेपाली कांग्रेस संखुवासभा सभापतिमा दीपक खड्का निर्वाचित भएका छन् । प्रतिस्पर्धी रामबहादुर राईलाई भारी मतान्तरले पराजित गर्दै खड्का सभापति पदमा निर्वािचत भएका हुन् ।

कुल खसेकाे एक हजार ३४९ मतमा खड्काले एक हजार १९८ ल्याए भने राईले ११० मत मात्रै प्राप्त गरे । खड्का २०७० सालकाे संखुवासभा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भइ खानेपानी तथा सरसफाई राज्यमन्त्री भएका थिए । उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी भएका छन् । सभापति खड्का कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिबार मतदान भएको थियो ।

कांग्रेसको जिल्ला कार्यसमितिमा ४२ पद र केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ पदका लागि मतदान भएको हो । महाधिवेशन प्रतिनिधिको मत गणना आइतबार राति बाट रोकिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।