खोटाङका ५० भन्दा बढी वडामा एमालेको अधिवेशन टुंगियो

खोटाङ, ६ कात्तिक । खोटाङका ५० भन्दा बढी वडामा नेकपा एमालेको वडा अधिवेशन टुंगिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ५० भन्दा बढी वडामा सर्वसम्मत नेतृत्व टुंगिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिवेशन आइतबारसम्मका लागि स्थगित गरिएको छ । उद्घाटनलगत्तै समय अभावका कारण भन्दै बन्दसत्र एक दिनपछि सारिएको अध्यक्ष दंगालले बताए ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिवेशन भने स्थगित भएको छ । ‘प्राविधिक कारणवश’ दुई सछितापोखरी र दोर्पाचिउरीडाँडाको अधिवेसन आइतबार वा सोमबार हुने अध्यक्ष दंगालले बताए । बाँकी वडाको अधिवेशन भने शनिबार राति अबेरसम्ममा सकिने एमालेले जनाएको छ ।

आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट २ हजार ४४९ जना वडास्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडास्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित सदस्य चयन गर्ने छन् ।

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖