प्रदेश १ मा सत्ता समीकरणमा बदलाव : सरकारको नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको माग

विराटनगर, ७ कात्तिक । नेपाली कांग्रेसभित्रको आन्तरिक किचालेले प्रदेश १ को सत्ता समीकरणमा बदलाव आएको छ ।

कांग्रेसले प्रदेश १ मा पनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेपछि अब सरकारको नेतृत्व कसले गर्ने भन्नेमा समस्या आएको छ । यसअघि कांग्रेस हाइकमान्डले नेकपा एकीकृत समाजवादीलाई प्रदेश १ को सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो ।

विश्वासको मत लिने दिन भने कांग्रेस हाएकमान्डको सहमतिविपरीत कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेको छ । बागमती प्रदेशमा कांग्रेस र समाजवादीले आधा आधा कार्यकला बाँडेर सरकारको नेतृत्व गर्ने सहमति भएको, तर प्रदेश १ मा भने एकलौटी समाजवादीलाई दिने भनिएपछि कांग्रेस प्रदेशले केन्द्रसँग प्रश्न गरेको छ ।

छलछाम गरेर प्रदेश १ मा भने समाजवादीलाई मात्रै सरकारको नेतृत्व गर्न दिन खोजेको भन्दै विरोध भएको एक नेताले बताए । ‘न औपचारिक पत्र आएको छ न केही ? मुखको भरमा नेतृत्व दिनुपर्छ भनेकाले हामीले मानेनौ,’ कांग्रेसका एक नेताले भने, ‘पार्टीभित्रै किचलो भएका कारण एक दिनका लागि बैठक स्थगित गर्न माग गरिएको छ ।’

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले पार्टीभित्रको आन्तरिक तयारी नपुगेकाले एक दिनका लागि बैठक स्थगित गर्न माग गरिएको बताए । उनले कसरी अगाडि बढ्ने भन्ने विषयमा सहमति भइनसकेकालेले एकदिनका लागि बैठक स्थगित गर्न माग गरिएको बताए ।

पार्टीभित्र नै कुरा नमिलेका कारण प्रदेश सभाको आजको बैठक स्थगित गर्न माग राख्दै कांग्रेसले संसद सचिवालयमा निवेदन दर्ता गराएको छ । एकदिनका लागि बैठक स्थागित गर्न माग गर्दै नेपाली कंग्रेस संसदीय दलका प्रमुख सचेकत केदार कार्कीले निवेदन दिएका हुन् । प्रदेश सचिवालयका सचिव गोपाल पराजुलीले बैैठक एकदिनका लागि स्थागित गर्न माग राख्दै निवेदन परेको बताए ।

प्रदेश १ मा कोइराला पौडेल समूहका राजीव कोइराला संसदीय दलको नेता छन् । उनलाई कुनै पनि हालतमा मुख्यमन्त्री बन्नबाट रोक्न यसअघि नै कांग्रेसको संस्थापन पक्ष लागेको भन्दै विरोध भएको थियो ।

कांग्रेस प्रदेश १ संसदीय दलका नेता कोइरालाले पनि केन्द्रको निर्देशनअनुसार आफू मुख्यमन्त्रीको लाइनबाट पछि हटेको बताउँदै आएका थिए । तर संसदीय दलको बैठकमा भने कांग्रेस सरकारको नेतृत्व लिनबाट पछि हट्न नहुने भन्दै सांसदहरूले दबाब दिएका थिए ।

‘बागमती प्रदेशमा आधा आधा सरकारको नेतृत्व गर्दा हुने, प्रदेश १ मा कांग्रेसले पूरै कार्याकाल किन समाजवादीलाई छाड्नुपर्ने ? एक नेताले भने, ‘हामी केन्द्रले गरेको छलछाम र धोकाको प्रतिकार गर्छौ ।’ उनले बाहिर आए जस्तो फ्लोर क्रस गरेर भीम आचार्यलाई मतदान गर्ने भन्दा आप्mनै नेतृत्वमा सरकार बनाउन चाहेको बताए ।

प्रदेश १ मा संस्थापन इतरको प्रभाव बलियो छ । संसदीय दलका नेता र सचेतक संस्थापन इतरका छन् । उपनेता भने संस्थापन पक्षका छन् । यसअघि कोइरालालाई संसदीय दलको नेताबाट हटाएर हिमाल कार्कीलाई दलको नेता बनाउने आन्तरिक तयारी समेत भएको थियो । तर यो सम्भव नभएपछि संस्थापन पक्ष पछि हटेको थियो । मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।