खोटाङका १० पालिकामा एमालेको अधिवेशन हुँदै, ७५० जनाले नयाँ जिम्मेवारी पाउने
खोटाङ, ९ कात्तिक । खोटाङका १० वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन हुँदैछ । आसन्न १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा पालिका अधिवेशन हुन लागेको हो । पालिका अधिवेशनको तयारी पूरा भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए । एमालेको पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था छ । पालिका अधिवेशनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने एमालेले जनाएको छ । पालिका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप-सचिव र सदस्य चयन गरिने छन् । पालिका अधिवेशन सर्वसहमति ढंगबाट टुंग्याइने अध्यक्ष दंगालले बताए ।
पालिका अधिवेशनका लागि जिल्लाका ७९ वडामध्ये ६ कात्तिकदेखि ८ कात्तिकसम्ममा ७८ वडाको अधिवेशन सकिएको छ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीको अधिबेसन भने प्रतिनिधि चयन गरेर स्थगित भएको छ । पालिका अधिवेशनपछि सो वडाको अधिवेशन टुंग्याइने एमालेले जनाएको छ । ७८ वडा अधिवेशनबाट २ हजार ४१८ वडा स्तरीय नेता तथा कार्यकर्ताले वडामा नयाँ जिम्मेवारी पाएका छन् ।
आज कामना सेवाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं, ९ कात्तिक/कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले भोली बुधबारबुकक्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने हाल कायम चुक्ता पूँजीको १८ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २३ कात्तिकमा १५औँ साधारणसभा बोलाएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ। आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, वासलात तयार गर्ने, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने एजेण्डा छ ।


