एमाले दिक्तेल रुपाकोट मझुवागढी अध्यक्षमा आचार्य

खोटाङ, ९ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेको नगर कमिटी अध्यक्षमा गोपालचन्द्र आचार्य चयन भएका छन् । १५ वडा रहेको नगरपालिकामा मंगलबार सम्पन्न नगर अधिवेशनबाट ३३ वर्षीय आचार्य एमालेको नगर कमिटी अध्यक्षमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा मनीचन्द्र राई, सचिवमा चित्रकुमार राई, उपसचिवमा लीला चौहान र बिनोद खड्का चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष आचार्य स्थानीय तह कार्यान्वयन पछिको पहिलो नगर अधिवेशनबाट पनि अध्यक्ष बनेका थिए । २०५६ सालमा पञ्च मावि दिक्तेलमा अखिल क्रान्तिकारीको सदस्य बनेर राजनीति थालेका आचार्य २०६७ सालमा एमाले प्रवेश गरेका हुन् । उनले युवा संघको जिल्ला सचिव, तत्कालीन दिक्तेल गाविसको एमाले अध्यक्षलगायतका भूमिका निर्वाह गरिसकेका छन् ।

पार्टीको नीति अनुसार संगठनलाई मजवुद बनाउने र सबै वडामा पार्टीलाई पहिलो बनाउने नवनिर्वाचित अध्यक्ष आचार्यले बताए ।

ऐसेलुखर्कमा राजभण्डारी

यस्तै, ऐसेलुखर्क गाउँपालिकाको एमाले पालिका अध्यक्षमा ३९ वर्षीय टेकेन्द्र राजभण्डारी चुनिएका छन् । पालिका कमिटीको उपाध्यक्षमा अरुण राई, सचिवमा माधव राई, उपसचिवमा सविन राई र बालकुमार राई चयन भएका छन् ।

२०५२ सालमा अनेरास्ववियुको त्रिभुवन मावि ऐसेलुखर्कको सचिवबाट राजनीति थालेका राजभण्डारी २०६८ सालमा ऐसेलुखर्क गाउँ कमिटी अध्यक्ष, इलाका कमिटी सचिव हुँदै नेकपा हुँदा पालिका कमिटीको कार्यालय सचिव बनेका थिए ।

काठमाडौं बसिरहेका बेला २०६२/६२ सालको जनआन्दोलनमा सशक्त सहभागिता जनाएका राजभण्डारीले संगठनलाई चुस्त दुरुस्त बनाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका अन्य पालिका अधिवेशनको बन्दसत्र जारी रहेको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए । पालिका अधिवेशनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने छन् । एमालेको पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।