कांग्रेसले प्रदेश २ सहित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत

काठमाडौं, २२ कात्तिक /नेपाली काँग्रेसले वडा अधिवेशन हुन बाँकी रहेका प्रदेश २ का आठवटासहित १३ जिल्लामा निर्वाचन अधिकृत चयन गरेको छ । प्रदेश २ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सप्तरीमा डा. रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत तोकेको छ ।

त्यस्तै कैलालीमा टेकप्रसाद सुवेदी बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ । वडा अधिवेशन हुन बाँकी जिल्लामा आगामी २७ कात्तिकमा निर्वाचन मिति तय भएको छ । पालिका अधिवेशन हुन बाँकी १३ वटा जिल्लामा ३० कात्तिकका लागि अधिवेशन तय भएको छ भने ३ मंसिरमा प्रदेशसभा क्षेत्रीय अधिवेशन र ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएका जिल्लाका जिल्ला अधिवेशन हुँदै छ । नयाँ कार्यतालिकाअनुसार आगामी १० मंसिरमा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लका जिल्ला अधिवेशन तय भएको निर्वाचन समितिले जनाएको छ ।

अब महाधिवेशनको कार्यताकिला प्रभावित नभए २४ देखि २६ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन हुनेछ महाधिवेशन तयारी समिति गठनसहितका विषयमा छलफल गर्न कांग्रेसले २८ कात्तिकका लागि केन्द्रीय समितिको बैठक तय गरिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖