एमाले फेदाप गाउँपालिका अध्यक्षमा तिम्सिना

प्रकाश पाक्साँवातेह्रथुम, २६ कात्तिक ।नेकपा (एमाले) फेदाप गाउँपालिका अध्यक्षमा रामप्रसाद तिम्सिना चयन भएका छन् । बिहीबार सम्पन्न पालिका अधिवेशनले तिम्सिनाकाे अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हाे ।

उपाध्यक्षमा फिरोज सुब्बा, सचिवमा विशाल खड्का र उपसचिवमा नवीनचन्द्र चोङबाङ चयन भएको एमाले जिल्ला कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए । एमालेले ९ कात्तिकमै पालिका अधिवेशन गर्ने घाेषणा गरेपनि बाढीपहिरोका कारण तेह्रेथुममा अधिवेशन हुन सकेकाे थिएन ।

फाउण्डेशनद्वारा घर निर्माणमा सहयोग
सिन्धुपाल्चोक, २६ कात्तिक (रासस) :सामाजिककार्यमा सक्रिय हिमालयन फाउण्डेशन कर्प न्यूयोर्क एण्ड क्यालिफोर्नियाले हेलम्बुका बाढीपीडितका लागि १० घर निर्माण गरिदिने भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीको आतिथ्यतामा बुधबार हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउण्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठबीच सो सम्झौतापत्रमा यहाँ हस्ताक्षर भयो । प्रतिघर रु चारलाख खर्च हुने जनाइएको छ ।

“अमेरिकामा बसे पनि आफ्नो गाउँघर सम्झिएर बाढीपीडितलाई सहयोग गर्न लाग्नुभएकामा खुशी लाग्यो”, कार्यक्रममा उपप्रमुख खड्गीले भन्नुभयो, “जो जहाँ रहे पनि एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नु निकै राम्रो कुरा हो । म पनि बाढीपीडितका लागि आफूले सकेजति पहल गर्छु ।”गाउँपालिका अध्यक्ष शेर्पाले गाउँपालिकासँगका सहकार्यमा फाउण्डेशनले बाढीपीडितका लागि घर बनाउने जमर्को गरेकामा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिका–७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, तामाङ को–अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष शेरबहादुर लामा, प्रोफेसर प्रकाश खड्गी, चलचित्र पत्रकार सङ्घका पूर्वउपाध्यक्ष लक्ष्मण सुवेदीलगायतले सामाजिक कार्यमा सबैले सहयोग पु¥याउन आवश्यक छ भन्नुभयो । आफू सोही ठाउँमा जन्मे हुर्किएकाले सिन्धुपाल्चोकमा केही घटना हुँदा निकै मन पोल्ने गरेको फाउण्डेशनका संस्थापक श्रेष्ठले बताउनुभयो । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका थुप्रै वडामा ठूलो जनधनको क्षति भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।