एमाले संखुवासभाबाट १३ जना महाधिवेशन प्रतिनिधि चयन

संखुवासभा, २८ कात्तिक ।नेकपा एमाले संखुवासभाले आगामी १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्वत रुपमा महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । शनिवार बसेको जिल्ला कमिटी बैठकले १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको एमाले संखुवासभा अध्यक्ष जितबहादुर घिमिरेले जानकारी दिए ।

संखुवासभाबाट जिल्ला अध्यक्ष जितबहादुर घिमिरे, तुलसी न्यौपाने, मुरारी खतिवडा, वीरेन्द्र केसी, भविश्वर गुरूङ, विदुर लिङ्थेप, भीम लिंखा र विपिन तामाङ खुल्लातर्फबाट सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी महिलातर्फ सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल छन् भने दलिततर्फ खड्गबहादुर विश्वकर्मा चयन भएको एमाले संखुवासभाले जनाएको छ । महाधिवेशन प्रतिनिधिमा धेरै आकंक्षी भएकाले छलफलपछि सहमतिका आधारमा प्रतिनिधि छनौट गरेको जिल्ला अध्यक्ष घिमिरेले बताए । संखुवासभामा नेकपा एमालेका सात हजार क्रियाशिल सदस्य छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।