‘आफूले भोग्नु परेको जस्तै दुःख र पीडा अरूले भोग्न नपरोस् भनेर सहयाेग गर्छु’

शेर भण्डारी/डडेल्धुरा, १८ मंसिर । जन्मभूमि नेपाल, कर्मभूमि जापान भए पनि नेपालको माया, नेपालप्रतिको लगाव र नेपालप्रतिको चिन्ता असीम छ, प्रकाश ‘विनय’ मल्ललाई। विदेशमा बस्नेलाई मात्रै थाहा हुन्छ नेपाल छोड्दाको पीडा र नेपालप्रतिको असीम माया।

यस्तै, मायाले होला, डडेल्धुराको अमरगढी नगरपालिका- ४ खलंगाका विनयलाई आफू परदेशमा भए पनि नेपालप्रतिको माया सधैं उस्तै छ। १६ बैशाख ०४३ मा बुवा खडकबहादुर मल्ल र आमा बसन्तीदेवी मल्लको कोखबाट जन्मिएका विनयको बाल्यकाल कहालिलाग्दो छ। गरिब परिवारमा जन्मिएका विनयको बाल्यकाल निकै संघर्षपूर्ण रह्याे ।

विद्यालय पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमा उनले बुवालाई गुमाए। हृदयघातबाट बुवाको मृत्यु भएपश्चात परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । एकातिर पढाई अर्कोतिर पारिवारीक जिम्मेवारी, उनकाे जीवन यसरी नै अघि बढ्दै गयो ।

१२ कक्षासम्मको पढाई नजिकै रहेको महेन्द्र माध्यमिक विद्यायबाट पूरा गरे उनले । हरेक परिस्थितिलाई अवसरको रूपमा लिई अगाडी बढेका विनय जिन्दगीमा आएका जस्ता सुकै उतारचढाबलाई सहजै रूपमा लिएर अघि बढे। विनय भन्छन्, ‘सानै उमेरमा काँधमाथि ठूलो जिम्मेवारी थपिएर होला जस्तोसुकै काम पनि गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो।’

नेपाल प्रहरीदेखि सफल व्यवसायी
स्नातक तह स्तरको अध्ययनबीचमै छोडि उनी २०६३ सालमा नेपाल प्रहरीमा भर्ना भए । प्रहरीमा भर्ना भएर पनि उनले पढाईलाई भने छाेडेनन् । प्रहरीको जागीरसँगै उनले स्नातकसम्मको अध्ययन पूरा गरे। पछी यनले नेपाल ल क्याम्पसमा एलएलबी पनि अध्ययन गरे । उनले २०७० सालमा प्रहरीको जागीरबाट राजीनामा दिए । र, जापान जाने तयारी गरे ।

उनले इन्टरनेसनल जापनिज ल्याङगोइज एकेडेमी सेन्दाई जापानमा भर्ना भई १५ महिना जापानिज भाषा अध्ययन गरे । त्यसपछि तोहोकु कम्प्युटर कलेज सेन्दाई, जापानमा दुई वर्ष इन्टरनेसनल विजनेस कोर्स गरे। र, जापानिज कम्पनीमा ‘स्पेलिस्ट इन ह्यूम्यानेटी इन्टरनेसनल सर्भिसको’ भिषा प्राप्त गरी ३ बर्ष काम गरे। ‘अरूको काम कहिलेसम्म गर्ने भन्ने मनमा प्रश्न उठ्न थाल्यो । अब आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने उदेश्यले अहिले म आफ्नै मल्ल किंग्स कम्पनी लिमिटेड खोलेर जापान सरकारबाट विजनेस भिसा प्राप्त गरी कम्पनी सञ्चालन गरिरहेको छु,’ उनले भने। अहिले उनको कम्पनीमा जापनिज र नेपाली गरी ३१ जनाले काम गरिरहेका छन्।

सहयोगीको अर्को नाम ‘विनय’
पछिल्लो समयमा युवा पुस्ता माँझ लोकपृय बनेको नाम हो, प्रकाश ‘विनय’। विनय लोकपृय हुनुको कारण हो दिन दु:खीलाई सहयोग गर्नु ।

हिलो र माटोमा खेल्दै व्यवसायी बनेका मल्ललाई अहिले पनि विगतले झक्झकाई रहन्छ। विगतमा आफूले भोग्नु परेको दुःख र पीडा अरूले भोग्न नपरोस् भन्ने उनी चाहन्छन् । त्यहीँ कारण होला गरिब तथा पीडामा परेकालाई उनले जापानबाट आर्थिक सहयोग गरिरहन्छन् । ‘मैले विताएको जिन्दगी अरूले जिउन नपरोस् भन्ने चाहन्छु। विपन्न, गरिब, अनाथ तथा दिनदु:खी देख्दा मनले मान्दैन् । सहयोग गरिहाल्छु,’ उनी भन्छन् ।

विनयले सहयोग गर्छ भन्ने सुनेर होला अहिले गृहजिल्लाबाट धेरैको फोन आउने गरेको उनी बताउँछन् । उनले अहिलेसम्म लाखौ रूपैयाँ सहयोग गरिसकेकाे बताए ।

कसैलाई रासन, कसैलाई आर्थिक सहयोग त कसैलाई लत्ताकपडा दिनु उनको दैनिकी बनिरहेकाे छ। कोरोना कहरको समयमा पनि उनी पीडितको लागि सारथि बनेका थिए । डडेल्धुरामा रहेका मठ मन्दिर, विद्यालय र कोरोनाको समयमा अक्सिजन खरिद गर्न सहयोग गरेको उनी बताउँछन् । पछिल्लो समयमा आफ्नो गाउँ ठाउँका लागि विनयले खेलेको भूमिका प्रशंसनीय रहेको स्थानीय शिक्षक मोहन भण्डारी बताउँछन्। ‘विदेशमा गएर आफूले मिहिनेत गरी यहाँका नागरिकलाई सहयोग गरिरहेका छन् । उनीबाट अन्य व्यक्तिले समेत केही सिक्नुपर्छ,’ उनले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।