मुगु एक सातादेखि अन्धकार, माेबाइल चार्ज गर्नसमेत सय रूपैयाँ

खड्क सुनार/मुगु, १७ मंसिर । हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय माेबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र साेलारबाट माेबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक माेबाइल चार्ज गरेकाे सय रूपैयाँ लिने गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहकाे २-२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेकाे छैन् । त्याे मेशिनमा माकुराले जालो बनाएको छ भने अर्को मेसिनले पनि बिजुली उत्पादन नगर्दा एक सातादेखि सदरमुकाम गमगढी बजारसहितका बस्ती अन्धकार बनेकाे छ । यहाँका तीन हजार एक सय ग्राहक विद्युत सेवाबाट बञ्चित बनिरहेका छन् ।

एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजारमा ब्यवसाय गर्दै आएका पसल, होटल, उद्योग कलकारखाना, सरकारी कार्यालय, संघ संस्था, शैक्षिक संस्थान र बैकिङ कारोबार गर्दे आई रहेका संस्थानहरू सेवा प्रदान गर्न र लिन समस्या भएको स्थानीय गंगाप्रसाद न्यौपानेले बताए । मोबाईल चार्ज गर्न पनि एक सय रुपैयाँ तिर्नु परेकाे स्थानीय मणिचन्द्र भामले बताए ।

प्रमुख जिल्ला अधिकरी रोम बहादुर महतले विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगज प्रमुख र नेपाल विद्युत प्राधिकरणक निर्देशक कुलमान घिसिङसँग यस विषयमा कुरा भएकाे बताए । विद्युत नियमित गर्न पहल पनि भइरहेकाे उनले बताए । तर, यो मेसिन सञ्चालन गरी प्रयोगमा आए पनि मेसिन पुरानो भएको हुँदा पुन: चाडै बिग्रने सम्भावना भएकाले राष्ट्रिय प्रशारण लाइन पुर्याउन सरोकारवाला सबैलाई अनुरोध र पहल कदमि गर्न आग्रह गरिएको उनले बताए ।

जेनेरेटरको बेरिङ्ग, एक्साईटेसन आरर्मिचर मेसिनबाट बिजुली उत्पादन हुन नसक्दा विद्युत बन्द भएको हो । विद्युत सञ्चालनको लागि नेपालगन्जबाट विद्युतका सामानसहित दक्ष प्राविधिक झिकाएको भए पनि मौसमका कारणले आउन सकेका छैनन् । एक दुई दिनभित्रै दक्ष प्राविधिकले मर्मतपश्चात विद्युत सेवा सञ्चालनमा ल्याउने जनाइएकाे छ । नयाँ मेसिन खरिद भइसके पनि मेसिन केरुङमा अठ्किएकाे गमगाढ वितरण केन्द्र आयोजना मुगुका सुचना अधिकारी प्रेमप्रसाद पाण्डेले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।