यसवर्ष ढोरपाटनमा चुके सिकारी

बागलुङ, २१ मंसिर /ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो ।यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर र तीन झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसिएन नागरिक इभिजिनी सिरोक्यो सिकारको लागि आएनन् ।

उनले हिमालयन वाइल्ड आउट फिटरमार्फत सिकार अनुमति लिएका थिए । व्यक्तिगत कारण देखाउँदै सिकारको लागि नआएको फिटरका सञ्चालक शेरबहादुर वाइवाले जानकारी दिए । उनले सुन दह सिकार ब्लकमा एक नाउर र एक झारल सिकार गर्ने अनुमति लिएका थिए । यो सिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेन ब्लकमा एक नाउरको सिकार गरे पनि फागुने ब्लकमा एक झारलको सिकार गर्न सकेनन् ।

हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको सिकार गरे । मेक्सिनक नागरिक कार्लाेसले सेन ब्लकमा एक नाउर मारे पनि झारल भने मार्न सकेनन् । ट्याक एण्ड ट्रभाल्सले दुई जना युक्रेनी नागरिकलाई सिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको सिकार गरेका थिए । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा पुगेका स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको सिकार गरेको ढोरपाटन सिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कँडेलले जानकारी दिए । स्पेनिस नागरिक मुगलले पनि सोही ब्लवकमा नाउरको सिकार गरेका थिए ।

चेक रिब्लिकन नागरिक रोमनले सुन दह ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमशेर पराजुलीले बताए । ढोरपाटनमा सिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिंगको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।