तारेभीरमा ‘रक क्लाइम्बिङ’

लमजुङ, २ पुस /लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चे नजिकैको तारेभीरलाई ‘रक क्लाइम्बिङ’ को लागि प्रमुख गन्तव्य बनाइने भएको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तारेभीरमा ‘रक क्लाइम्बिङ’ को लागी मस्र्याङ्दी गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि दुई वर्षअघि अध्ययन थालेको हो । अन्तर्राष्ट्रिय माउन्टेन गाइडले दुई वर्षअघिदेखि अध्ययन थालेको उक्त भीर रक क्लाइम्बिङको लागि उपयुक्त रहेको अन्तर्राष्ट्रिय माउन्टेन गाइडको समूहले समेत निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय माउन्टेन गाइड विनायक जय मल्लले दुई वर्षअघि व्यक्तिगत खर्चमा तारेभीरमा अध्ययन थालिएको बताए । उनले भने तारेभीर रक क्लाइम्बिङका लागि नेपालको मात्र नभई विश्वकै उत्कृष्ट प्रशिक्षण थलो बन्न सक्नेछ ।

उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउण्टेन गाइड नेपालमा मात्र ७२ जना रहेका छन् । गण्डकी अल्पाइन क्लबका उपाध्यक्षसमेत रहेका उनले विदेशबाट प्राविधिक सामग्री ल्याएर तीनवटा बाटो पहिल्याएको बताए । विज्ञ समूहले अध्ययन गर्दै आएको तारेभीरलाई मर्स्याङ्दी गाउँपालिकाले अपनत्व लिएपछि पूर्वाधार संरचना निर्माणको कामलाई अगाडि बढाएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अन्नपूर्ण पदमार्गको च्याम्चेस्थित तारेभीर रक क्लाइम्बिङको उपयुक्त गन्तव्य रहेको बताए ।

उनले भने तारे भीरमा रक क्लाइम्बिङमात्रै नभई विभिन्न तालीम तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गरिनेछ । अध्यक्ष गुरुङले रक क्लाइम्बिङस्थलको पूर्वाधार निर्माण गर्न प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरी व्यवस्थीत रुपमा अगाडि बढाइने बताए । उनले भने गाउँपालिकाको च्याम्चे नजिकैको तारेभीरलाई रक क्लाइम्बिङको गन्तव्य बनाउनका लागी मंगलबार स्थानियलाई भेला गरी रक क्लाइम्बिङको अध्ययन र सम्भाव्यताबारे जानकारी गराइएको छ ।

भौतिक पूर्वाधार निर्माण तथा यसको गुरुयोजना निर्माणको लागि यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेर अघि बढ्ने गरी मस्र्याङ्दी गाउँपालिका र गण्डकी अल्पाइन क्लबअघि बढेको छ । गण्डकी अल्पाइन क्लबका अध्यक्ष एवं अन्तर्राष्ट्रिय माउन्टेन गाइड नरेन्द्र शाही ठकुरीले साहसिक खेल रक क्लाइम्बिङको लागि च्याम्चेको तारेभीर उत्कृष्ट रहेको बताए ।

मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई लाख खर्च गरी च्याम्चेबाट दुई सय मिटर माथिसम्म ढुंगाको सिँढी निर्माण गरिएको बताए । रक क्लाइम्बिङका लागी छनोट गरीएको उक्त थलो समुद्री सतहदेखि एक हजार ५ सय ४० मिटर उचाइमा पर्दछ । च्याम्चे नजिकैको साहसिक पदयात्राका लागि प्रस्तावित तारेभिर च्याम्चेबजारबाट पाँच सय मिटरको दरीमा पर्दछ । उक्त स्थलमा २५ मिटरदेखि १५० मिटर उचाइसम्मको साहसिक खेलको स्थल निर्माण गर्न सकीनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।