घर कुरुवा राखेर जाडो छल्न सहर झरे मनाङवासी

लमजुङ, ५ पुस/मनाङ ङिस्याङ गाउँपालिका-८ की माया गुरुङ, छिरिङ ओङ्मा घले र सुनिता गुरुङ यस वर्षको जाडो छल्न सहर झरिसकेका छन् । मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झरेका हुन् । जाडो बढेपछि उनीहरू मात्रै होइन, चारवटा गाउँपालिका रहेको मनाङका अधिकांश स्थानीय तीन महिनाका लागि बेसी झरिसकेका छन् ।

माथिल्लो मनाङमा धेरै जाडो हुन थालेपछि पुसदेखि फागुनसम्मका लागि सहर झर्ने मनाङीहरू यस वर्ष भने छिटै जाडो बढेकाले मंसिर अन्तिममै जाडो छल्न सहर झरेका हुन् । मनाङवासीको यो परम्परागत चलन रहेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले बताउँछन् । मनाङवासी अधिकांशकाे लमजुङको बेसीसहर, चितवन, पोखरा, काठमाडौलगायतका सहरमा घर छ । उनीहरू मनाङमा भएको घरलाई कुरुवाको जिम्मा लगाएर तल झर्ने गर्दछन् ।

घर मालिकहरू तल झरेपछि घर कुरुवाहरू घरको सुरक्षा गरेर बस्ने मनाङको पहिल्यैदेखिको चलन भएको हाे । “जाडो सुरु भएसँगै मनाङमा भएका वृद्धवृद्धा र बच्चाबच्चीले मनाङ छाड्न थालिसके”, पिसाङका ध्रुव गुरुङले भने, “यहाँका व्यापारी र अन्य अधवैशेहरू आफ्नो घर कुरुवालाई जिम्मा लगाएर काठमाडौं, पोखरालगायतका सहर झर्ने गर्दछन् ।” ‘

मनाङ ङिस्याङ गाउँपालिकाकी छोमा घलेले अब एकैचोटि फागुनमा ग्याल्पो ल्होसार मनाउन गाउँ फर्किने बताइन्।

माथिल्लो मनाङस्थित होटल यतिका सञ्चालक एवं पर्यटन व्यवसायीसमेत रहेका विनोद गुरुङले थोरै परिवार भएका मनाङका बासिन्दाले विश्वासिलो व्यक्तिलाई पारिश्रमिक दिएर घर कुर्न लगाउने गरेको बताए । “जाडो समयमा हिमपात पर्दा घरमा आएको हिउँ काटेर फाल्न र पन्छाउनका लागि घर कुरुवा राख्ने चलन छ”, गुरुङ भन्छन्, “केही मात्रामा घरमुलीका केही सदस्यहरू आफैं घरमा बस्ने गर्दछन् भने धेरैजसो मनाङी घर कुरुवा राखेर जाडो छल्न तल झर्ने गर्दछन् ।”

माथिल्लो मनाङस्थित भ्राका-४ का पल्साङ छिरिङ विक र उनकी धर्मपत्नी ठूली विकले हरेक वर्ष मनाङीको घर कुर्दै आएका छन् । उनीहरू जाडोयाममा घरमालिकलाई काठमाडौं पठाउँछन् भने आफूहरू भने घर कुरेर बस्ने गर्दछन् । घरमुलीले घर कुरेबापत तलब पनि दिने गर्दछन् । यहाँ घर कुर्नेमा गोरखा, धादिङ, संखुवासभालगायत जिल्लाका छन् ।

हिमालपारिको जिल्ला मनाङको चारवटा गाउँपालिकाका स्थानीयमध्ये ५० प्रतिशत जनसंख्या जाडो छल्न काठमाडौं, पोखरा, चितवन, लमजुङ पुग्ने गर्दछन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार माथिल्लो मनाङ गाउँमा रातको समय तापक्रम माइनस ८ देखि १० डिग्री सेन्टीग्रेटसम्म झरेको छ । घाम नउदाउँदासम्म तापक्रम माइनसमै हुने उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।