पहिलो पटक १७ वर्षीया छोरीले दिइन् बुवालाई दागवत्ती

खड्क सुनार/ मुगु । कर्णालीमा सम्भवत: पहिलो पटक छोरीले बुवाको दाहसंस्कार गरेकी छन् । छायानाथ रारा नगरपालिका वडा नं ५ स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन मुगुमा कार्यालय सहयोगिका रुपमा काम गर्दे आएका वर्ष ४९ का ज्ञानबहादुर बुढाकी १७ वर्षीया छोरी अमदेवी बुढाले देहवशान भएका बुवालाई दागवत्ती दिएकी हुन् ।

छोरीले बुवाको दाहसंस्कार गरेपछि यहाँका स्थानीयले कर्णालीकै सर्वश्रेष्ठ छोरीको रुपमा उनको चर्चा गरिरहेका छन् । हिन्दू परम्परामा छोरा(पुरुष) ले दागवत्ती दिने प्रचलन भए पनि अमदेवीले बुवालाई दागवत्ती दिएकी हुन् । उनका दाजुभाइ पनि छन् । स्वर्गीय ज्ञानबहादुरका जेठा छोरा वीरेन्द्र र कान्छा छोरा महेन्द्रले बहिनीलाई पनि छोरा सरहको अधिकार रहेको भन्दै दागवत्ती दिने कुरालाई सहज रुपमा लिएका हुन् । ‘बहिनीले हामी छोरा सरहको अधिकार पाउनुपर्छ, दिनुपर्छ भन्ने उद्देश्यले हामी दुई भाइको सल्लाह बमोजिम बहिनीकै हातबाट बुवाको दाहसंस्कार गरेका हौं’ उनीहरुले भने ।

उनले दाजुभाइ नभएका महिलाले पनि दाहसंस्कार गर्न सक्छ भनेर समाजमा जानकारी दिन आफूले यस्तो गरेको बताइन् । ‘म एक नारी हुँ, घरकि कान्छी छोरी पनि हुँ। ग्रामिण प्रचलन अनुसार छोराले मात्र गर्नुपर्छ भन्ने चलन रही आएको छ र यो प्रचलनलाई नयाँ स्वरुपमा ढाल्न खोजेको हो’ उनले भनिन्, ‘यदी कसैका छोराहरु नभएर छोरी भए पनि बुवाको दाहसंस्कार गर्न सक्छन् भनेर यो कार्य गरेकी हुँ।’

दाईहरुको मात्र नभएर आफ्नो पनि वुबा भएका कारण अन्तिम संस्कारमा पनि हक भएको उनको भनाइ छ । काठमाडौंमा बसेर अध्ययन गर्दै आएकी उनले आफू पनि दाहसंस्कारमा उपस्थित हुने भन्दै एक दिन शव जलाउनबाट रोकेकी थिइन् । दोस्रो दिन शनिबार आर्यघाट पुगेर दिउँसो १२ बजे बुवा ज्ञान बहादुरलाई उनले दागवत्ती दिएकी थिइन् ।

छोरीले बुवाको दाहसंस्कार गर्छु भन्दै आग्रह गरेपछि नरोकेको मृतकका भाइ टोपबहादुर बुढाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।