आठ बर्षसम्म बनेन कान्द्रा नदीको पुल, चैतसम्म नबने ठेकेदारलाई कालाेसूचीमा राख्ने

मोहन जोशी/धनगढी, १२ पुस । कैलालीको हुलाकी सडक खण्डअन्तर्गत भजनी नगरपालिकास्थित कान्द्रा नदीको पुल निर्माण आठ बर्षसम्म पूरा हुन सकेको छैन ।

ठेकेदारको लापर्वाहीका कारण पुल बन्न नसकेको हुलाकी सडक आयोजनाले जनाएको छ । ‘४ बर्षमा निर्माण गरिसक्ने पर्ने पुल आठ बर्षसम्म पूरा हुन सकेको छैन,’ हुलाकी सडक आयोजना धनगढीका इन्जिनियर पदम मडैले भने, ‘यसमा ठेकदारको लापर्वाही छ ।’ उनका अनुसार पुलको एउटा पिल्लरको डिजाईन परिवर्तन गरिनु पर्ने भएपछि सडक आयोजनालेनै एक वर्ष म्याद थप गरेको थियो । तर, सो समयमा ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न गर्न सकेन । त्यस पछि दुई पटक म्याद थप गर्दासमेत पुल निर्माण हुन नसकेपछि सडक निर्माणमा बाधा पुगेको छ ।

०७१ सालमा हुलाली सडक आयोजना र लामा, साल्पा छर्पा कन्ट्रक्सने जेभिबीच चार बर्षमा पुल निर्माण गरीसक्ने गरी सम्झौता भएको थियो । चार कराेड ४२ लाखमा ठेक्का पाएका भएको पुल असार ०७५ सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको थियो । तोकिएको मितिमा पुल नबनेपछि अन्तिम पटकका लागि चैत ०७८ सम्मका लागि पुल निर्माण म्याद थप गरेकाे छ । सो समयमा पुल निर्माण नभए ठेक्का सम्झौता तोडिने र ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अगाडि बढाइने इन्जिनियर मडै बताउँछन् । ‘ठेकदार कम्पनीले चैतसम्म पुल निर्माण गरी सक्ने प्रतिबद्धता जनाएको छ,’ इन्जिनियर मडैले भने, ‘यदि चैतसम्म पुल बनेन भने ठेक्का सम्झौता तोडेर ठेकदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।