चामलसँग किन काेदाे साटिरहेका छन् चाैरपाटी गाउँपालिकाका अध्यक्ष ?

कल्पना बोहरा/पुस, १२ अछाम ।चौरपाटी गाउँपालिकामा सञ्चालित ‘कुटेको चामल, फलेको कोदो’ अभियानअन्तर्गत २२ क्विन्टल कोदो संकलन भएको छ। वडा नम्बर १ सुउडीस्थित गैरीलेख सहकारी भवनमा पाँच सय ९३ किलाे र महिला सहकारी भवन चौखुट्टेमा १६ सय चार किलाे गरी करिब २२ क्विन्टल कोदो संकलन भएको गाउँपालिका कृर्षि शाखा प्रमुख झप्पर भुलले जानकारी दिएका छन् ।

२६ मंसिरदेखि कोदो संकलन अभियान सुरू भएकाे हाे । गाउँपालिकामा जग्गा बाँझो नरहोस् र कोदोको उत्पादन बढोस् भन्ने उदेश्यले ‘कुटेको चामल, फलेको कोदो’ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए । उत्पादन वृद्धि तथा जग्गा बाँझो नरहाेस् भनेर गत वर्षदेखि ‘कुटेको चामल, फलेको कोदो’ अभियान नीति तथा कार्यक्रममै समावेश गरेकाे उनले जानकारी दिए । वैदेशिक रोजगारी र तिव्र शहरीकरणका कारण कोदोको उत्पादन घटेको र जमिन बाँझो रहन थालेपछि यो अभियान चलाएको उनको भनाईइ छ । फलेको कोदो बराबर चामल पाएपछि गाउँपालिकाका किसान खुसी भएकाे अध्यक्ष साउदले बताए ।

किसानले सहजै कोदो साट्न पाउन भनेर पुनः सात दिन अभियान अवधि थपेकाे अध्यक्ष साउदले जानकारी दिए । अझै पनि गाउँघरमा मानिसले कोदोको फाइदाका बारेमा थाहा नपाएर हेला गरे पनि सहरमा बस्नेहरू भने कोदो महंगाेमा किनेर खान थालेका छन् । यहाँ उत्पादन भएको कोदो धनगढी, नेपालगञ्जमा निर्यात हुने गरेकाे अध्यक्ष साउदले बताए । आफूसँग भएको कोदोकै परिमाणमा चामल साट्न पाउँदा खुसी लागेको स्थानीय लालबहादुर थापाले बताए ।

भात खान पाँच घण्टा हिंडेर चौखुट्टेबाट चामल बोकेर ल्याउने यहाँका किसानले गाउँमै कोदोको मूल्यमा चामल पाउँदा अझै मेहेनत गर्ने जाँगर पलाएको बताएका छन् । कोदो विश्वको प्रमुख अन्न बाली हो । तर, पहाडी क्षेत्रमा उत्पादन हुने कोदोलाई गाउँमा बस्नेहरूले हेलाको दृष्टिले हेरे पनि यसको महत्त्व थाहा पाएका सहरवासीहरू भने महंगाेमा किनेर खान थालेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।