बौरिन खोज्दै बन्दीपुरे पर्यटन

तनहुँ, १८ पुस/कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वभर फैलिरहँदा बन्दीपुरको पर्यटन भने बौरिने प्रयास गर्दैै छ । अंग्रेजी नयाँ वर्षले बन्दीपुरे पर्यटनलाई बौरिन सघाएको छ ।

कोरोना कहरले थला परेर विस्तारै तग्रिँदै गरेको बन्दीपुरमा अंग्रेजी नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकको घुइँचो लाग्यो । बन्दीपुर बजार र टुँडिखेलमा पर्यटक चहलपहल निकै भयो । सडक खाना महोत्सवको कारण शुक्रबार र शनिबार कठ्यांग्रिदो चिसोमा पनि आधा रातसम्म बन्दीपुर जागिरहेको थियो ।

नयाँ वर्षको कारण यहाँका अधिकांश होटल रेष्टुरेन्ट भरिभराउ भए । बन्दीपुरमा साना ठूला गरेर एक सयको हाराहारीमा होटल रेष्टुरेन्ट सञ्चालित छन् । शुक्रबार र शनिबार यहाँका होटलमा ९० प्रतिशत बढी अकुपेन्सी रहेको क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । नयाँ वर्षमा पर्यटकको भिडले बन्दीपुरको पर्यटन उकालो लाग्ने सन्देश दिएको उनको भनाइ छ । ‘यहीँ अवस्थामा बन्दीपुरको पर्यटन उकालो लागेमा कोरोना कहरले भोग्नुपरेको नोक्सानीको क्षतिपूर्ति उठाउन सक्छौ कि भन्ने विश्वासमा छौँ’,उनले भने ।

शुक्रबार र शनिबार गरिएको सडक खाना महोत्सवमा करिब आठ हजार पर्यटक सहभागी भएका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । ‘नयाँ बर्षमा देखिएको पर्यटकको घुइँचो बन्दीपुरको पर्यटनका लागि सुखद् हो’, उनी बताउँछन् ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि खाना महोत्सव गरिएको हो । होटल रेष्टुरेन्टले सडकमै आआफ्नो स्वादका खानाका परिकार पाहुनालाई चखाएका थिए । क्षेत्रीय होटल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर पर्यटक बढाउने उदेश्यले महोत्सव आयोजना गरेका हुन् ।

नयाँ वर्षमा गरिएको दुई दिने खाना महोत्सवले पर्यटकको संख्या बढेपछि अब हरेक महिना बन्दीपुरमा कुनै न कुनै कार्यक्रम गर्ने यहाँका पर्यटन व्यवसायीले जनाएका छन् । पर्यटकलाई आकर्षित गर्नलाई होटल रेष्टुरेन्टले छुटको व्यवस्था दिने तयारी समेत गरेका छन् ।

बन्दीपुरमा पुगेका ९९ प्रतिशत आन्तरिक पर्यटक हुन् । कोरोना कहर सुरु हुनु अगाडिसम्म बन्दीपुर आउने विदेशी र आन्तरिक पर्यटकको संख्या बराबर थियो । होटल व्यवसायी बैँश गुरुङका अनुसार बसाइका हिसाबले बन्दीपुरमा अधिकांश विदेशी पर्यटक हुन्थे । ‘आन्तरिक पर्यटक त आउने घुम्ने जाने मात्र थियो । अहिले त बन्दीपुर आउने बस्ने सबै पर्यटक आन्तरिक नै हुन् । विदेशी त शून्य जस्तै भएको छ’, उनले भने, ‘कोरोनापछि व्यवसाय चलाउन आन्तरिक पर्यटकले भरथेग मिलेको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।