बनिनसक्दै भरत तालमा पर्यटककाे भिडभाड

एसवी थापा/सर्लाही, १८ फागुन ।अन्तिम चरणकाे काम चलिरहेकै बेला समेत बागमतीको भरत ताल आउने पर्यटककाे भिड लाग्न थालेकाे छ ।

तालको चारैतिर बढ्दै गरेका बिरुवा । पश्चिम किनारतर्फ सय बिगाह क्षेत्रमा हुर्कदै गरेकाे बगौँचा । तालको पश्चिम किनारमा अबिरल बगिरहेने बागमती नदी । उत्तरतर्फ फर्किएर हेर्दा देखिने चुरे श्रृंखला आन्तरिक पर्यटकको लागि लोभलाग्दो दृश्य हुन् ।

तालमा बिहानैदेखि मोटर बोट र मिनिक्रुजले पर्यटकलाई सयर गराइरहेका हुन्छन् । अन्य समयमा पर्यटकको सामान्य उपस्थिति रहे पनि सार्वजनिक बिदा, शनिवार र विभिन्न चाडबाडमा बोट सयर गर्नु भनेकाे निकै ठूलाे उपलब्धि हुने गरेकाे छ । विभिन्न अवसरमा घुम्न आउने पर्यटकले ताल आसपासमा घुँईचो नै लाग्ने गरेको छ ।

यसरी ताल घुम्ने रहर पूरा गर्न धाएर पोखरासम्म पुग्नु पर्ने बाध्यता हटेको ताल भ्रमणमा आएका शंकर भण्डारीले बताए । भण्डारीले भने, ‘विकासको कुरा कतै भयो भने यस तालको नाम पहिले आउँछ । मत यहाँ दर्जन पटक आइसके । अझै पनि मन भरिएको छैन् ।’

तालमा भ्रमणका लागि ८० सिट क्षमताको एउटा मिनी क्रुज र दर्जनभन्दा बढी मोटर बोट संचालनमा छन् । एक सय २१ बिगाह क्षेत्रफलमा निर्माण भइरहेको तालको अझै आधा भाग बाँकी रहेकाे ताल प्रसासनले जनाएकाे छ । तालको बिचमा निर्माणधिन होटल र अन्य भौतिक संरचनाको निर्माण तीब्र गतीमा भइरहेको छ ।

ताल निर्माणको क्रममा तीनै तहको सरकारबाट झण्डै ६५ करोडभन्दा बढी लगानी भइसकेको नगरपालिका कार्यालयले जनाएको छ । नगरको गौरवको आयोजनाको रुपमा रहेको यस तालमा अझै निकै रकम लाग्ने नगरका मेयर भरतकुमार थापाले जानकारी दीए । तालको उत्तरतर्फ कैलाश पर्वतको आकार निर्माण गरेर शिवजीको स्ट्याचु राखिने उनले बताए ।

निर्माणकै चरणमा पर्यटकको मन जितेको यस तालले अझै पर्यटक लोभ्याउन सक्ने स्थानीयको भनाइ छ । नगरको आर्थिक उपार्जनमा समेत यसले ठुलो भूमिका खेल्ने नगरको अपेक्षा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖