खोटाङमा गाई गोरुको अवैध ओसार पसार

खोटाङ । खोटाङबाट अवैधरुपमा गाई गोरुको निर्यात भइरहेको पाइएको छ । जिल्लाबाट दैनिकजसो गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग हुँदै गाई गोरु तराईतर्फ बाहिरिरहेको छ ।

हाल उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारबाट मात्र हप्तामा सयौंको हाराहारीमा गाईगोरु तारेर अन्यत्र लैजाने गरिएको प्रत्यक्षदर्शी बताउँछन् । सुनकोसीकै बंशिलाघाट र धाप्लाङघाटस्थित झोलुंगे पुलबाट पनि उत्तिकै मात्रामा गाईगोरु बिना रोकतोक निर्यात हुने गरेको छ । तर यस बारे प्रहरी र स्थानीय प्रशासन बेखबर देखिएका छन् ।

२२ फागुनमा मात्र गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत साउनेदेखि राजापानीको बीचमा खरिदारले चार हल गाई गोरु निकासी गरिरहेको भेटिएको थियो ।

हरेक वर्षको पुस र माघमा हप्ताको शनिबार, आइतबार र सोमबार कम्तीमा पाँच देखि १० बथान गाई गोरु सुनकोसी तार्ने गरिएको लिच्कीराम्चे रसुवाघाटका स्थानीय बिकास राई बताउँछन् । फागुन लागेपछि केही कम मात्रामा गाई गोरु निर्यात हुने गरेको छ । गाई गोरुको बथानले सडकमा ट्राफिक जाम नै गर्नेगरेका छन् । खोटाङ, उदयपुर, सुनसरी, मोरङ र झापा ओहोर–दोहोर गर्ने सवारी साधनले गाई गोरुलाई साइड दिने गरेका छन् ।

जिल्लामा बहरदेखि बुढो हुँदै गरेको गोरु र गाई समेत किनबेच हुने गरेको छ । घर घरमा पुग्ने खरिदकर्ताले गाई गोरु किनेर अन्यत्र लगेर नाफा लिएर निर्यात गर्ने गरेका छन् । गाउँघरमा किनेबेच हुने गाई गोरु मासुको प्रयोजनका लागि तराई हुँदै भारतमा निकासी हुने गरेको बताइन्छ ।

जिल्लामा गोरु काट्नमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै कारबाही चलाउने गरेको छ तर खुलेआम गाईवस्तु विक्री गर्ने खरिदेले भने उन्मुक्ती पाइरहेको आदिवासी जनजाती सम्वद्ध अगुवा गुनासो गर्छन्। राई, तामाङ, शेर्पालगायतका जनजाती समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ। तर मुलुकी अपराध संहितामा गोरु काट्नेलाई सजाय हुने कानूनी व्यवस्था छ ।

मुलुकी अपराध संहिताको परिच्छेद २७ मा कसैले गाई वा गोरु मार्ने वा चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउन नहुने सो गरेवापत कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैंद हुने भनिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।