तेल र मसलाबिनाको अचार

चितवन, ३१ जेठ । अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छाँै । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला । भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थाल्नुभएको छ । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उहाँले अहिले नेपालमा आएर प्रयोग गर्न थाल्नुभएको हो । रोजगारीको सिलसिलामा इजरायल पुग्नुभएकी चापागाईँ जहाँ काम गर्नुहुन्थ्यो त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिक्नुभएको हो ।

सन् २००६ मा रोजगारीका लागि जानुभएकी चापागाईँ सन् २०१६ मा नेपाल फर्कनुभयो । त्यसपछि पुस्तक व्यवसाय गर्नुभएकी उहाँ दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा पर्नुभयो । दुर्घटनामा परी गम्भीर घाइते बन्नुभएकी चापागाइँ अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थाल्नुभएको हो ।

चापागाईँ अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दरलगायतका अचार बनाइरहनुभएको छ । यी खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उहाँले बताउनुभयो । उठेर खासै हिँडडुल गर्न नसक्ने उहाँ आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिनुभएको छ । कृषि विषय अध्ययन गर्दै आउनुभएका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिइरहनुभएको छ ।

व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उहाँको योजना छ । अचार बनाउनका लागि नुन, लसुन, अमिलोलगायतका सामग्रीमात्रै प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । पूर्णकलाले भन्नुभयो, “स्वास्थ्यवद्र्धक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।” परीक्षण उत्पादनका रूपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यावसायिक बनाउने योजना उहाँको छ ।

खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उहाँले केही दिनमा व्यावसायिकरूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताउनुभयो । यही वैशाख १६ गतेदेखि चापागाईँले यो अचार बनाउन थाल्नुभएको हो । अहिलेसम्म १५० डब्बा अचार घरबाटै बिक्री भइसकेको छ । उहाँले भन्नुभयो, “सुरुआती समयमा बजारमा अचार रुचाइन्छ कि रुचाइँदैन भनेर लागत मूल्यमा नै दिने गरेका छाँै ।” एकपटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उहाँको भनाइ छ । अहिले चितवन, पोखरालगायतका स्थानबाट माग आइरहेको उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।