पाेखराका ठाउँठाउमा पहिराे र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

पाेखरा, ११ असार । अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ । शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ । पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएकाे वडाध्यक्ष माेतीराज तिमिल्सिनाले जानकारी दिए ।

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएकाे उनकाे भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खाेलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएकाे छैन । अन्य क्षेत्रका पनि सडक बगाएकाे छ । यातायात अबरुद्द भएकाे प्रहरीले जनाएकाे छ ।

रासायनिक मलको विकल्पमा गड्यौला मल
भजनी, ११ असार (रासस) :यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आउनुभएको छ । उहाँले गड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजिमा दौडनु परेको छैन । थापाले व्यावसायिक रुपमा गड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको मागलाई समेत उहाँले पूर्ति गर्दै आउनुभएको छ । माटोको उर्बरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषिखेती गर्नेका लागि गड्यौला मल निकै उपयोगी हुन थालेको थापा बताउनुुहुन्छ ।

“मैले वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आएको छु । अहिलेको उत्पादनले माग पूरा गर्न सकिरहेको छैन”, उहाँले भन्नुभयो, “किसानले गड्यौला मललाई जैविक मलको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्ष पछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायक नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल निकै उपयोगी छ ।”

गाई भैँसीको मलमूत्र र सड्ने झारपातको प्रयोग गरी गड्यौला मल तयार पारिन्छ । चौपायाको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौला राखिन्छ र गड्यौलाले त्यसलाई आफ्नो आहाराको रुपम खाने र त्यहीँ दिशा गर्ने भएकाले त्यसैलाई मलको रुपमा प्रयोग गरिने थापा बताउनुहुन्छ ।

माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गड्यौला मल माटोको लागि निकै लाभदायी भएको मल उत्पादक किसान बताउँछन् । गड्यौला मल बनाउँदा गाईको पिसाब प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको नरेश रावल बताउनुहुन्छ । उहाँ चार वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आउनुभएको छ ।

व्यावसायिक पशुपालनमा लाग्नुभएका रावल पशुबाट उत्पादन भएको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौलालाई राखेर मल उत्पादनमा लाग्नुभएको हो । “मैले यसलाई व्यावसायिकरुपमै त लिएको छैन तर खेतीका लागि भने गड्यौला मल ठिक छ”, उहाँले भन्नुभयो, “सुरुआतमै रासायनिक मलको जस्तो प्रतिक्रिया गड्यौला मलको देखिँदैन । पछिका लागि र माटोको उर्बरा शक्ति कायम राख्न यो महत्वपूर्ण छ ।” उहाँले वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आउनुभएको छ ।

प्रचारप्रसारको कमी र मलको बारेमा किसानलाई बुझाउन नसक्दा अझै पनि गड्यौला मलबारे शङ्का रहेको किसान यज्ञराज जैशी बताउनुहुन्छ । उहाँले मल प्रयोग गर्न थालेको एक दुई वर्षपछि मात्रै प्रभाव देखिने गरेकाले किसानले त्यसको वास्तविकता बुझ्न नसकेको बताउनुभयो । “हामीलाई पनि सुरुमा निकै चिन्ता थियो । अहिले खेती राम्रो मात्रै होइन माटोमा समेत सुधार आएको छ”, उहाँले भन्नुभयो, “माटोका लागि गड्यौला मल जति उपयोगी अरु कुनै छैन ।” किसानले गड्यौला मलको अत्यधिक माग गरिरहेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।