पहिरोले डुम्रे बेसिशहर सडकखण्ड अवरुद्ध

लमजुङ, २ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्ण बहादुर अधिकारीले बताए ।

रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर अवरुद्ध भएकाे हो ।

पहिरोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ । मर्स्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

डुम्रे बेँसीशहर सडक खण्डअन्तर्गत उक्त देउराली डाँडामा गत वर्षसमेत पहिरो गएपछि वैकल्पिक रूपमा सो स्थान नजिकै माथिबाट सडक सञ्चालन गरे पनि गत हप्तामा आएको बाढी पहिराले उक्त सडकसमेत बगाएकाे थियाे । सडक अवरुद्धका कारण बिहानैबाट कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन ।

सडक अवरुद्ध भएपछि बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने र सो स्थानबाट बेँसीशहर आउने सवारी साधन सञ्चालन हुन सकेको छैन । बर्षा हुनेबित्तिकै पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।