निर्वाचनमा उत्साहित छैनन् तेह्रथुमका मतदाता

प्रकाश पाक्साँवा/तेह्रथुम,२० कात्तिक । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार गाउँ गाउँ पुगेका छन् । तेह्रथुम गाउँ गाउँमा उम्मेदवारहरू पुगे पनि यसपटक विगतको जस्तो मतदाताहरूमा उत्साह देखिएको छैन । दलहरुले आयोजना गर्ने चुवानी भेटघाट कार्यक्रममा पनि उनीहरूकाे सहभागिता उत्साहजनक छैन ।

जिल्ला सदरमुकाम मै पनि निर्वाचनप्रति मतदाताहरूको उत्साह कम भएको छ । निर्वाचनमा मात्रै गाउँ पुग्ने निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरू गाउँ नफर्किने गरेको नागरिकहरूले गुनासो पोख्ने गरेका छन् । ‘नेता भोट माग्न मात्रै गाउँ आउँछन्, भोट सकेपछि फर्किर हेर्दैनन्,’ लालीगुराँस नगरपालिकाका पञ्चकुमारी लिम्बूले भनिन् ।

लिम्बू जस्तै म्याङलुङ नगरपालिकाकी मनमाया मचकोटीलाई पनि उम्मेदवारले नागरिकहरूको समस्या नबुझेको बताइन् । विगतमा उम्मेदवारहरूले गरेको प्रतिबद्धताहरू पूरा नगर्ने र निर्वाचन आउँदा मात्रै गाउँ आउने गरेको नागरिकहरूकाे गुनासो छ । गाउँ गाउँमा अझै खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, कृषि तथा पशुपालन व्यवसायमा समस्या भोग्दै आएका छन् । विगतका सरकारले नागरिकहरूको समस्याहरुलाई समाधान गर्न नसक्दा मतदाताहरूलाई निर्वाचनमा उत्साह छैन । दलका नेतृत्व र उम्मेदवार गाउँ गाउँमा पुग्दा आफ्ना समस्याहरु नागरिकहरूले सुनाउने गरेका छन् ।

तेह्रथुममा यसपटक नेकपा एमाले र सत्ता गठबन्धन दल मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । गत निर्वाचनमा वाम गठबन्धनको साथ हुँदा दुवै प्रदेशसभा र प्रतिनिधिसभा एमालेले जितेको थियो । एमाले अहिले आफ्नाे विरासत जोगाउने होडमा छ भने सत्ता गठबन्धन यसपटक प्रदेशसभा र प्रतिनिधि सभा जित्ने दाउमा छ ।

गठबन्धनले प्रतिनिधिसभामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङलाई साझा उम्मेदवारको रुपमा सारेको छ । त्यस्तै प्रदेशसभा क मा नेपाली कांग्रेसका युवा नेता सन्तोष सुब्बा र प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले प्रतिनधिनिसभामा डा. विजय सुब्बालाई उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेशसभा क मा किशोरचन्द्र दुलाल र प्रदेशसभा ख मा तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ ।२ नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुममा ७२ हजार ८९५ कुल मतदाता रहेकाजिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएकाे छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।