सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ, ४ पुस। नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला रु एक लाख तोकिएको छ । त्यस्तै चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ८० मूल्य कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९१ दशमलव ३५ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

चेतनामूलक पाठ्य सामग्री
चितवन, ४ पुस । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि यहाँका स्थानीय तहका विद्यार्थीलाई नेपाल प्रहरीले पालिकाको सहकार्यमा पाठ्य सामग्री तयार पारेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले चेतनामूलक विद्यालय पाठ्य सामग्री २०७९ तयार गरी जिल्लाका सातै पालिकासँग सम्झौता गरेर पाठ्यक्रमको रुपमा प्रयोग गरेको हो । विसं २०७८ चैत २४ गते भरतपुर महानगरपालिकासँग सम्झौता गरेर पाठ्य सामग्री विद्यालयमा सुरु गरिएकोमा आइतबार इच्छाकामना गाउँपालिकासँग सम्झौता गरी जिल्लाभर पु¥याएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ती पाठ्य सामग्री केही परिमार्जन गर्दै सम्बन्धित पालिका र जिल्ला प्रहरी कार्यालयको साझेदारीमा छपाइ गरेर बाढिएको हो ।

जिल्लाका सबै विद्यालयमा पुग्ने गरी पाठ्य सामग्री व्यवस्थापन गरिँदै छ । पाठ्य सामग्रीमा लागुऔषध दुव्र्यसनी, धूमपान, मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र महिला तथा बालबालिकाविरुद्ध हुने अपराध समावेश गरिएको छ । अधिकारीका अनुसार पुस्तकमा सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद्, जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका सङ्केत र बचाउने उपाय, घटनास्थलको सुरक्षा र अपराध तथ्याङ्क पद्धतिका बारेमा पुस्तकमा सामग्री राखिएको छ ।

घटना हुनै नदिन रोकथाम गर्ने उपाय, असल मानिसका कर्तव्य र जिम्मेवारी, चितवन जिल्लामा प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय, चोरी तथा लुटपाट नियन्त्रणबाट बच्ने उपायका बारेमा विद्यार्थीले बुझ्ने गरी पाठ्य सामग्री तयार गरिएको अधिकारीले बताउनुभयो । स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनका लागि यो पाठ्यपुस्तकसहित प्रहरी समुदायको माझमा पुगेको उहाँले बताउनुभयो ।

शैक्षिक संस्थाको बीचमा संस्थागत साझेदारी निर्माण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरी कार्यक्रम अघि बढाइएको अधिकारीको भनाइ रहेको छ । बालबालिकालाई अपराध उन्मुख हुनबाट तथा पीडित हुनबाट जोगाउन सामुदायिक सेवा र सुरक्षाको भावना अभिवृद्धि गर्नुका साथै असल र जिम्मेवार नागरिकका रुपमा विकास गर्नका लागि यो अवधारणा अघि सारिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार अब जिल्लाका सबै विद्यालयमार्फत विद्यार्थीमा चेतनामूलक पाठ्य सामग्री पुग्ने छन् ।

धेरैजसो हिंसाको चपेटामा स्कुल र क्याम्पसका किशोरकिशोरी हुने गरेको भन्दै उहाँले यो कार्यक्रम प्रभावकारी वन्ने बताउनुभयो । जिल्लाका सात पालिकामा तीन सय ३८ सामुदायिक विद्यालय रहेका छन् । यस्तै एक सय ६६ संस्थागत विद्यालय रहेका छन् । तीमध्ये सामुदायिक विद्यालयमा ९६ हजार पाँच सय ८६ र संस्थागत विद्यालयमा ८१ हजार ४८ विद्यार्थी अध्ययनरत रहेका छन् । ठूला विद्यार्थी यो पाठ्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुने छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖