बाक्सिला बजारका अग्नि पी,डितलाई रेडक्रसको राहत

खोटाङ, ५ पुस ।  नेपाल रेडक्रस सोसाईटीले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अ,ग्नि पी,डितलाई राहत प्रदान गरेको छ । सोमबार साँझ (५ पुस) भएको आगलागीबाट विस्थापित भएका तथा क्ष,ति व्यहोरेका नौ परिवारलाई रेडक्रस जिल्ला शाखा तथा उपशाखा बाक्सिलाले बन्दोवस्तीका सामान प्रदान गरेको हो । 

आगलागीमा घर सहित सर्वस्व गुमाएका दीपक गुरुङ, गुरुङकै घरमा कोठामा भाडामा बस्ने रत्न गुरुङ, शुभराज राईको घर भाडामा लिएर व्यवसाय गरिरहेका समिर राई (गाउँपालिका अध्यक्ष), सोही घरमा भाडामा व्यवसाय गरिरेकी इन्द्रकला राई, घर सहित सर्वस्व गुमाएका डिल्लीकुमार श्रेष्ठ, श्रेष्ठकै छोरा पवन श्रेष्ठ, घर सहित सर्वस्व गुमाएका रमेश परियार, परियारकै घरमा बस्ने शंकर वर्देवा र घर सहित धन सम्पत्ती गुमाएका अकबर राईलाई रेडक्रसले बन्दोवस्तीका सामान प्रदान गरेको हो । 

अग्नि पी,डितलाई छुट्टाछुट्टै एक थान त्रिपाल, दुई थान कम्वल, एक थान म्याट्रेस, एक सेट भाँडा, ३.५ मिटर सर्ट कपडा, एक थान साडी, सात मिटर प्रिन्ट कपडा, दुई मिटर सादा कपडा, चार मिटर सटकपडा र एक सेट बकेट प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताए । रेडक्रस उपशाखा बाक्सिलाले अग्नी पि,डितलाई एक/एक थान सिरक प्रदान गरेको छ । 

रेडक्रसकातर्फबाट उपलब्ध गराइएका राहत गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, गाउँपालिका उपाध्यक्ष गुरुराज राईले हस्तान्तरण गरेका थिए । बाक्सिला बजारमा भएको आ,गलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ । 

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।