महिला अटोचालकहरु सुदुरपश्चिम सरकारद्वारा सम्मानित

धनगढी, १२४ फागुन । ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् ।सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेकाे हाे ।

 सामाजिक विकास मन्त्रालयले नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको थियाे ।   यसरी सम्मानित हुनेमा अटो रिक्सा चालकहरुमा भगवती दुवी कुँवर, सविता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र वास्मती दहित रहेका छन् ।

विपन्न समुदाय लक्षित अक्षयकोषमा सहयोग
लण्डन, २४ फागुन (रासस) ः
अति विपन्न समुदायलाई लक्षित गरेर पोखरामा स्थापना गरिएको अक्षयकोषमा बेलायतबाट यहाँका व्यवसायी सूर्य गुरुङले करिब रु पाँच लाख सहयोग गर्नुभएको छ ।

बेलायतमा व्यवसाय गर्दै आउनुभएका गुरुङले आफ्नो यहाँ सञ्चालित गोर्खा प्यालेस रेष्टुराँ स्थापनाको २४औँ स्थापना दिवसका अवसरमा यस अक्षयकोषमा सहयोग गर्नुभएको हो । व्यवसायी गुरुङले यसअघि पनि शिक्षा र खेलकुदका क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

बेलायतमा हालै नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको उपस्थितिमा आयोजित एक कार्यक्रममा व्यवसायी गुरुङ उक्त अक्षयकोषका लागि रकम हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा राजदूत आचार्यले संसारका जुनसुकै देशमा रहेर व्यवसाय गरेका नेपालीहरुले आफ्नो समाजका लागि यसरी सहयोग गर्नु प्रशंसनीय कार्य हो भन्नुभयो ।

व्यवसायी गुरुङले नेपालमा धेरै क्षेत्रमा सहयोग गरेका समाचार आए पनि विपन्न समुदायका नागरिकलाई खेलकुदका क्षेत्रमा कसैको चासो नदेखेकाले विपन्न समुदाय लक्षित उक्त अक्षयकोषमा आफूले सहयोग गरेको बताउनुभयो ।

नेपालमा विसं २०७२ मा गएको भूकम्पका पीडितलाई सहयोग जुटाउन लण्डनस्थित नेपाली दूतावासले सञ्चालन गरेको सहयोग अभियानमा आर्थिक संयोजक रहनुभएका गुरुङले रु छ करोडभन्दा बढी रकम सङ्कलन गर्नुभएको थियो । यसैगरी उहाँले पोखरा रङ्गशाला स्थापनाका लागि रु ४७ लाख जम्मा गर्नुभएको थियो ।

सो अक्षयकोष सञ्चालक समितिका अध्यक्ष दिलबहादुर गुरुङले यस कोषको रकम रु एक करोड पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । त्यस कार्यक्रममा रोशमरो शहरका मेयर तथा उच्चपदस्थ व्यक्तित्व उपस्थिति रहेको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।