पाँचथरको हेवाखोलामा पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै

पाँचथर, १२ असार (रासस) :बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन । सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो । सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन नसकेको छैन । ठाडो खोला भएका कारण पानीको बहाव थेग्न नसक्दा ‘डाइभर्सन’मा ‘ह्युमपाइप’ अडिन नसकेपछि ‘डाइसर्भन’ अधुरो भएको हो । सोमबार अपराह्न १२ वटै ह्युमपाइपलाई जोडेर छवटा प्रवाहमा पानी हाल्ने प्रयास गरिएको थियो । तर पानीको बहावका कारण पाइप धसिएपछि ‘डाइभर्सन’ अनिश्चित भएको हो ।

डाइभर्सन सञ्चालनका लागि थप ह्युमपाइप खोजी गरी खोलाको पानीलाई थप दुई प्रवाहबाट अघि बढाउन सडक डिभिजन कार्यालय इलाम सामग्री जुटाउनतर्फ लागेको छ । “बहावका कारण ह्युमपाइप नअडिँदा डाइभर्सनलाई पूर्णता दिन सकिएन”, सडक भिडिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले भन्नुभयो, “थप ह्युमपाइप ल्याई चाँडोभन्दा चाँडो डाइभर्सन सञ्चालन गर्छौँ ।” यस्तै पानीको बहावलाई कमजोर बनाउन डाइभर्सन नजिकै ढुङ्गा राखेर अवरोध बनाउने प्रयास पनि गरिने उहाँले जानकारी दिनुभयो । आज बिहान थप ह्युमपाइप डाइभर्सनमा राख्ने काम थालिएको छ ।

यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि जिल्लाका हिलिहाङ र याङ्वरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्क टुटेपछि मेची राजमार्गमा अत्यावश्यक कामले यात्रा गर्ने यात्रु तथा बिरामीले फड्के र तुइनको सहाराले खोला तर्दै आएका छन् । खाद्य सामग्रीको आयात तथा कृषिजन्य उपज र दुग्धजन्य पदार्थको निर्यात प्रभावित बनेको छ ।

तीन दिनदेखि जारी डाइभर्सन निर्माण आज पूरा हुने सूचना पाएपछि मेची राजमार्गको विभिन्न स्थानमा अड्किएर बसेका सवारीसाधनलाई हेवाखोला हिलिहाङ–७ भारपातर्फ राखिएको थियो । तर डाइभर्सन नखुलेपछि सवारीको चाप देख्न सकिन्छ भने सवारी चालक तथा सहचालक सवारीमै बस्नुपर्ने बाध्यता आइपरेको छ ।

डाइभर्सन सञ्चालनका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, हेवाखोला क्षेत्रका स्थानीयवासी, सुरक्षाकर्मीलगायत निर्माणमा सक्रियतापूर्वक लागेका छन् । तर ह्युमपाइप कम हुनुका साथै पानीको बहाव उच्च भएका कारण डाइभर्सन निर्माण पूरा हुन नसकेको हो । सडक डिभिजन कार्यालय इलामले विभिन्न स्थानबाट ह्युमपाइप सङ्कलन गरी ल्याएको थियो । अहिले भने जिल्लास्थित जलविद्युत् आयोजना र सडक आयोजनाबाट ह्युमपाइप सङ्कलन थालिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।