धनकुटा १ हिलेका राई लागुऔषध सहित धरानबाट पक्राउ
बिराटनगर, श्रावण ८ । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार मध्यान्न १२ बजे मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मिमार्ग स्थित २२ बर्षिय भागमान राईको घरमा अबैध लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले राईको घर खानतलाशी गर्दा प्रतिबन्धित औषधि ट्रमाडोल ४ सय २० चक्कि, स्पास्पेन ३ सय ९० चक्की फेला पारी बरामद गर्नुका साथै २७ बर्षीय रोसन कार्की, २२ बर्षीय दिपेश घतानी र २२ बर्षीया झरना श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको थियो भने तत्काल फरार रहेका भागमान राईको खोजतलाश कार्य भईरहेको छ ।
यसैगरी सुनसरीको धरान उप-महानगरपालिका ८ स्थितमा सार्वजनिक बसमा आउँदै गरेको धनकुटाको धनकुटा नगरपालिका-१ हिले का ३० बर्षीय सोयम राईलाई अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट डाइजेल्याप ५५, लुपिजेशिक ५५, एभिल २५ र फेनरगन ६३ एम्पुल बरामद गरेको थियो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


