वरिष्ठ सई पौडेल झुन्डिएको अवस्थामा मृत भेटिए
पोखरा । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।
वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत फेला परेको बागलुङकी सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
‘होटलमा झुन्डिएको भन्ने खबर आएको छ, बिहानै देखि प्रहरीहरू त्यहाँ पुग्नु भनेको छ’, उनले भने, ‘घटना कसरी घट्यो, के भएर घटना भयो, त्यो त छानबिनबाट खुल्ने कुरा हो ।’
घटना राती ११ बजेपछिको रहेको सहायक प्रजिअ बरालले बताए ।


