बेंसीशहर वस दुर्घटनामा घाइते युवतीको उपचारको क्रममा मृत्यु

काठमाडौ । बेसीशहर नगरपालिका ८ शेरामा बिहीबार बस दुर्घटनामा परी गम्भीर घाइते युवतीको उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ ।
बेसीशहरबाट डुम्रेतर्फ जानको लागि तयारी अवस्थामा रहेको ना५ख ४०८१ नम्वरको वस ओरालोबाट गुडेर भीरतर्फ खस्दा राइनास नगरपालिका ९, कुवापानी घर भइ हाल भोटेओडार बस्दै आएकी २२ वर्षीय मिष्मा गुरुङ गम्भीर घाइते भएकी थिइन् ।

लमजुङ अस्पतालमा उपचार हुन नसकी बिहीबार नै चितवन मेडिकल कलेज भरतपुर पु¥याइएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले ती युवतीको आइसीयुमा उपचार गराइरहेको अवस्थामा पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो । उनको उपचारको क्रममा शुक्रबार दिउँसो २ बजेतिर मृत्यु भएको खबर प्राप्त भएको उहाँले बताउनुभयो ।

बेंसीशहरको शेरा फिल्महल चोकको बस टिकट काउन्टर नजिकै ओरालोमा रोकेर राखेको बस एक्कासी गुडेर दुर्घटना हुँदा बिहीबार ६ जना घाइते भएका थिए । अन्य ५ जनाको अवस्था सामान्य रहेकोमा सवै लमजुङ अस्पतालमा उपचार गरी बिहीबार नै घर फर्केका छन् ।

प्रहरीका अनुसार बिहीबार दिउँसो साँढे २ बजेतिर बस दुर्घटना भएको थियो । उक्त बसमा १२ जना यात्रु रहेको र गुडेर खसेपछि पाखुरीको रुखले रोकेको कारण बढी क्षति हुन नपाएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक खोटाङ घर भई हाल तनहुँको भानु नगरपालिका ९ बाइसजाँगर बस्ने ३० वर्षीय हेमन्त तामाङलाई पक्राउ गरी सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।