राजमार्गमैं पक्राउ परिन् बनबासाबाट आइरहेकी निर्मला
महेन्द्रनगर । प्रहरीले कञ्चनपुरमा १८ हजार रुपैयाँको भन्सार छलीको सामानसहित एक महिलालाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो गड्डाचौकी विद्युत कार्यालय अगाडी पूर्वपश्चिम राजमार्गबाट भन्सार छलीको सामानसहित भीमदत्त नगरपालिका–९ बस्ने ४६ वर्षिया निर्मला भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निर्मलाले ल्याउँदै गरेको चामल, चकलेट, बिष्कुट, तेललगायतका सामान पनि नियन्त्रणमा लिइएको छ ।
प्रहरीले सामानसहित निर्मलालाई कानुनी कार्वाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाएको बताइएको छ ।


