गाउँमा बत्ती बल्यो, महिला खुसी

नृपेन्द्रबहादुर मल्ल/मुगु, १७ साउन । सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् । बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेकाले पुरुषभन्दा बढी बढी खुसी देखिएका छन् । बत्ती बलेपछि भान्सा, चुलोचौको, सरसफाइदेखि वनजङ्गलबाट दाउरा, दियालो ल्याउने काममा सहज हुनाका साथै र कामको बोज घटेकाले उनीहरूमा खुसी छाएको हो ।

गले परिवारका लुगा छिट्टै मैला हुन्थे, भाँडाकुडा काला हुन्थे, अब बत्ती बलेपछि खाना बनाउन प्रयोग हुने दाउराको खपत कम हुने, घरमा उज्यालो गर्न दियालोको प्रयोग घटनाका साथै धुँवा कम हुने भएपछि आफूहरुको आधा काम कम भएको छ जवलधारा गाउँकी झपु मल्लले भने, “हामीले जति राम्रो र सफासुग्घर गरेपनि धुँवाले गर्दा मैला देखिन्थ्यौँ अब राम्रो र चिटिक्क देखिने भयौँ ।”

सोही गाउँकी जालगेडी मल्ल पनि गाउँमा बिजुलीबत्ती बलेपछि खुसी छन् । उनले भने, “बत्ती नहुँदा घरको काम गर्न असहज हुन्थ्यो, छोराछोरीको पढाइलेखाइमा पनि गाह्रो हुनाका साथै घरका प्रायलाई स्वास प्रस्वास तथा अन्य समस्या देखापरेकोे थियो यी सबै समस्या बत्ती आएपछि हट्ने र आफूहरुको कार्यबोज घटेर आराम गर्न फुर्सद मिल्ने आश पलाएको छ ।”

पानीको स्रोत नै नभएका यी बस्तीमा जलविद्युत्बाट गाउँ झिलिमिली भएपछि सबै हर्षित छन् । बालबालिका विद्यालयबाट घर आएपछि बेलुका बत्ती नहुँदा दियालो र टुकीमा पढ्न बाध्य थिए ।

दियालोका कारण बालबालिकालाई कहिले पोल्ने कहिले घर नै आगलागी हुने घटना हुँदै आएको थियो । अब बिजुलीका कारण बालबच्चाको पढाइ, सरसफाइ र आनीवानीमा समेत सुधार आउनाका साथै देश विदेशका खबर टेलिभिजनमा हेर्न पाइने भएको सोही गाउँका चक्र छत्यालले बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु चार करोडको लागतमा गुल्माघाट जलविद्युत् आयोजनाबाट ३८ किलोवाट विद्युत् उत्पादन भएपछि पहिलो चरणमा जवलधारा गाउँको ९७ र गहताडी गाउँका २२ घरधुरी लाभान्नित भएका हुन् ।

कर्णाली प्रदेशका पूर्वमन्त्री चन्द्रबहादुर शाहीको सक्रियतामा गाउँमा बत्ती बालिएको गुल्माघाट जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष कमानसिँह मल्लले सुनाए ।बत्तीले गाउँ झिलिमिली भएपछि गहताडी र जवलधारा गाउँबासीलाई मोबाइल चार्ज गर्न रेडियो बजाउन र राति पढ्न पनि सहज भएको छ ।

बत्तीले घरमा उज्यालो भएपछि बालबालिका खुसी हसँदै राति अबेरसम्म पढ्न थालेको शिक्षक हीरालाल शाहीले बताए । बिजुली बल्ने बित्तिकै विद्यार्थी कापीकलम समातेर पढन सुरु गर्छन् पहिले स्कुलबाहेक घरमा पढ्ने बानी प्राय विद्यार्थीमा थिएन शिक्षक शाहीको भनाइ थियो । गुल्मा जिउलादेखि पाँच किलोमिटर टाढा हुम्ला कर्णाली नदी मुगु किनारबाट नहर बनाइ सोही नगरबाट पानी ल्याएर जलविद्युत् उत्पादन गरिएको उक्त आयोजना निर्माण समितिले जनाएको छ ।

उक्त विद्युत् निर्माणका लागि वैकल्पिक ऊर्जाले सहयोग गरेको करिब रु चार करोड बजेटमा विद्युत्को पोल, वाइरिङतार, आवश्यक उपकरण, पाइप खरिद तथा ढुवानीमा खर्च भएको र पावर हाउस स्थानीयवासीको श्रमदानबाट निर्माण गरिएको जलविद्युत् आयोजना निर्माण समितिका सचिव लोकबहादुर मल्लले जानकारी गराए ।

सो आयोजनाबाट उत्पादन गरिएको ३८ किलोवाटको विद्युत् गहताडी गाउँका २२ घरधुरीमा पनि पु¥याइएको स्थानीयवासी ऐनबहादुर मल्लले बताए।

उक्त आयोजनाबाट नचारा गाउँका ५६, जोगीबाडा गाउँका २७, नार्थपु गाउँका ६४, धुपीगाउँका १० र जडेपानी गाउँका ४२ घरधुरीमा पनि विद्युत् पु¥याउने लक्ष्यका साथ पोल विस्तार र वाइरिङ गरी बत्ती बाल्ने काम अन्तिमचरणमा पु¥याइएको वडा नं १ का वडाध्यक्ष धनकर्ण मल्लले बताए ।

हुम्लाको कर्णाली नदीबाट गुल्मा सिँचाइ नहर प्रयोग गरेर ल्याइएको पानीबाट जलविद्युत् उत्पादनसँगै करिब १२ हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ गर्न टेवा पुगेको छ ।पानीको स्रोत नहुँदा धान र गहुँ उत्पादनमा कठिनाइ हुँदै आएकामा गुल्मा क्षेत्रको नहरबाट पानी पुगेपछि सिँचाइमासमेत सुबिधा पुगेको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।