झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण

सुरुङ्गा (झापा), १८ साउन । पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागार्इंले बताउनुभयो ।

झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्यपरीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेङ्गु सङ्क्रमणका बिरामी फेला परेको बताइएको छ । डेङ्गु सङ्क्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्न्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताउनुभयो ।

सन् २०१२ मा झापामा पहिलो पटक काँकरभिट्टामा डेङ्गु सङ्क्रमित फेला परेका थिए । जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारीरोग फोकलपर्सन एवम् जनस्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलका अनुसार सन् २०२२ मा कूल ५४ हजार सात सय ८४ डेङ्गू सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५३ प्रतिशत पुरुष र बाँकी ४७ प्रतिशत महिला छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।