नेपालतिर सर्‍यो पानी पार्ने प्रणाली, तीन दिन मनसुन सक्रिय हुने

काठमाडौं । न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) सरेकाले आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेशमा पनि आगामी तीन दिन पानी पर्ने प्रक्षेपण छ ।

मौसमविद सन्जिब अधिकारीले अनलाइनखबरसँग भने, ‘नेपालको पूर्व र पश्चिम दुवै साइडमा न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने र मनसुन थप सक्रिय हुने देखिन्छ ।’ तीन दिन लगातार झरी नहुने तर वषर्ाको क्रम बढ्ने उनले बताए ।

आगामी तीन दिन देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वषर्ा हुने प्रक्षेपण मौसमविदको छ ।

मधेशमा पर्याप्त पानी नपर्दा समस्यामा परेका किसानहरुलाई यो वर्षाले केही राहत मिल्ने सम्भावना छ । ‘मधेशमा पनि आगामी तीन दिन वर्षा हुने र केही समयदेखिको खडेरी अलि तोडिनेजस्तो देखिन्छ,’ मौसमविद अधिकारीले भने ।

गएराति पनि मधेश प्रदेशका एक-दुई स्थानमा वर्षा भएको थियो । यो क्रम आज र भोलि अझै बढ्ने सम्भावना रहेको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वषर्ाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने र त्यसबाट बाढी, पहिरो, डुबाको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ‘नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।