आँखा पाक्ने रोग बढेपछि भरतपुरका विद्यालयमा पाँच दिन बिदा

चितवन । आँखा पाक्ने रोगको संक्रमण बढेपछि भरतपुर महानगरपालिकाले महानगरभित्रका सबै शैक्षिक संस्थाहरुमा बिदा दिने निर्णय गरेको छ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले विशेषज्ञको परामर्शको आधारमा पाँच दिनका लागि कुनै पनि शैक्षिक गतिविधि नगर्नेगरी बिदा गर्ने निर्णय गरिएको जनाएको छ।

नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले हिउँदे वा बर्खे बिदाबाट मिलान गर्नेगरी सोमबारदेखि शुक्रबारसम्म बिदा गर्न सबै शैक्षिक संस्थालाई पत्राचार गरेको जानकारी दिए।

आँखा पाक्ने रोग(एडिनो भाइरस) को संक्रमण चितवनमा पनि बढ्दै गएको छ।

आँखा पाक्ने रोग बढेकै कारण चितवनको रत्ननगर र खैरहनी नगरपालिकाले पनि शैक्षिक संस्थामा बिदा गर्ने निर्णय गरेका छन्। खैरहनीमा आइतबार र सोमबार, रत्ननगरमा सोमबारदेखि चार दिन बिदा दिइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।