१६ हजार मानिससँग २७ अर्ब ठगेकी महिलालाई एक लाख ४१ हजार ७८ वर्ष कैद सजाय !

एजेन्सी । १६ हजारभन्दा धेरै मानिसलाई ठगेकी एक थाई महिलालाई एक लाख ४१ हजार ७८ वर्षको जेल सजाए सुनाइएको छ । यतिसम्म कि ती महिलाले थाई राजपरिवारका सदस्यलाई पनि छोडेकी थिइनन् र अरबौं रुपैयाँ ठगेकी थिइन् ।

सुन्दैमा पत्याउन गाह्रो पर्ने यो कहानी एक यस्ती महिलाको हो जसले विश्व इतिहासमै अहिलेसम्मकै लामो जेल सजाय पाएकी थिइन् ।

उनलाई कुनै गोप्य जेलमा राखिएको थियो । तर विडम्बना झण्डै डेढ लाख वर्षको जेल सजाय पाएकी ती महिला जम्मा ८ वर्ष जेल बसेर छुटिन् ।

ती महिलाको नाम चामोए थिप्यासो हो । उनी सन् १९८० को दशकमा थाइल्याण्डमा मात्र नभई दक्षिणपूर्व तथा दक्षिण एसियामा पनि चर्चित थिइन् ।

उनले एक चिट फण्ड कम्पनी खडा गरेर लगानीको उच्च प्रतिफल दिने लोभ देखाउँदै १६हजार २३१ जनालाई ठग्न सफल भएकी थिइन् । ती मानिसहरुले लगानीका लागि भन्दै जम्मा गरेको २७ अर्ब रुपैयाँभन्दा धेरै रकम उनले दम्पच पारिन् ।

ठगीमा पारंगत ती महिलालाई सन् १९८९ मा थाई अदालतले एक लाख ४१ हजार ७८ वर्षको जेल सजाय सुनाएको थियो । विश्व इतिहासमा यो कुनै पनि व्यक्तिले पाएको हालसम्मकै लामो जेल सजाय हो ।

डेलीमेलका अनुसार चामोएले सन् १९६० मा बचत योजनाको नाममा एक कम्पनी सुरु गरेकी थिइन् । त्यसबेला उनी थाइल्याण्डको सरकारी तेल कम्पनी पेट्रोलियम अथोरिटी अफ थाइल्याण्डकी कर्मचारी थिइन् ।

बचत योजनामा लगानी गर्नेलाई शेयरको रुपमा तेल बण्ड दिइने र त्यसबाट उच्च प्रतिफल प्राप्त हुने भन्दै उनले बताएकी थिइन् । त्यस्तो झुटो आश्वासनमा फसेर थाइल्याण्ड र भारतका समेत कैयन् मानिसहरुले उनको कम्पनीमा लगानी गरे र उनीहरुको पैसा डुब्यो ।

उनले मे चामोए फण्ड नामको एक फर्जी कम्पनीको माध्यमबाट अनेक खालका हतकण्डा अपनाएर थाई राजपरिवारलाई समेत ठगिन् । उनले लगानीकर्तालाई लोभ्याउनका लागि शाही परिवारका विभिन्न सदस्यका नामको दुरुपयोग गर्थिन् ।

वास्तवमा उनले चिनेजानेका केही व्यक्ति रोयल थाई वायुसेनामा थिए । तिनै अधिकारीहरुलाई नाम भजाएर उनले लगानीकर्ताहरुलाई उनको कम्पनी कानूनी रुपमा बलियो तथा विश्वसनीय रहेको भ्रम पार्न सफल भइन् । जसका कारण हजारौं मानिसहरु विश्वासमा परेर लगानी गरे ।

शाही परिवारका केही सदस्य तथा सैन्य अधिकारीहरु पनि उनको जालमा फसेका थिए । उनीहरुले चामोएको कम्पनीमा मोटो रकम लगानी गरेका थिए । तर उनको कम्पनी तथा गतिविधिहरु सबै गैरकानूनी तथा फर्जी रहेको पाइएपछि सबैको होसहवास उडेको थियो । पछि उनलाई पक्रिएर सरकारको सहयोगमा सबै पीडितको रकम फिर्ता गरिएको थियो ।

उनले नक्कली कम्पनी खडा गरेर ठगी गरिरहेको खुलासा भएपछि सरकारले त्यो कम्पनीलाई बन्द गराएर उनलाई पक्राउ गर्यो । त्यसपछि वायुसेनाले उनलाई कैयन् दिनसम्म गोप्य स्थानमा राख्यो र उनीमाथि अदालतमा मुद्दा दायर गरियो । अदालतले सन् १९८९ मा उनीविरुद्ध १ लाख ४१ हजार ७८ वर्षको जेल सजायँ सुनायो ।

तर यतिधेरै जेल सजाय सुनाइएकी चामोए जम्मा ८ वर्ष जेलमा बसेपछि मुक्त भइन् । आखिर किन ?

किनकि उक्त घटनापछि थाइल्याण्डमा एक नयाँ कानून लागू भयो । जस अनुसार धोकाधडी तथा ठगीको मामिलामा कुनै पनि दोषीलाई २० वर्षभन्दा धेरै समय जेलमा राख्न पाइँदैनथ्यो ।

स्मरण रहोस् चामोएले पाएको एक लाख ४१ हजार ७८ वर्षको जेल सजाय विश्वको सबैभन्दा लामो जेल सजायको रुपमा गिनिज बुकमा दर्ज छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।