सन्दीपले अदालत पेश गरेको अस्पतालको दर्ता किताब पनि शंकास्पद

काठमाडौं । नाबालिक बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले पेश गरेको किशोरी जन्म हुँदाको अस्पतालको दर्ता किताब पनि शंकास्पद भेटिएको छ ।

२०७९ कात्तिक १५ गते जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा सन्दीपले गौशाला २६ (पीडित किशोरी) को जन्मदर्ता रहेको वडाको अभिलेख, बसाइसराइ कागजात, कक्षा ८ को भर्ना किताब र अस्पतालको दर्ता किताबको फोटोकपी पेश गर्दै त्यसको सक्कल प्रति झिकाउन माग गरेका थिए । सन्दीपले पेश गरेको कागजातहरुमा गौशाला–२६ को जन्ममिति १८ जेठ २०६१ भएको दाबी गरिएको थियो ।

सन्दीपले आफूमाथि लागेको बलात्कार आरोपमा इन्कारी बयान दिएका थिए र साथसाथै किशोरीको उमेर १८ वर्ष पुगिसकेको दाबी गरेका थिए । त्यसैले घटना भएको दिन ५ भदौ २०७९ मा किशोरी १८ वर्ष पुगिसकेको पुष्टि गर्ने प्रमाणका रुपमा केही कागजात पेश गरेका थिए ।

पछिल्लो पटक अदालतले गौशाला २६ जन्मेको अस्पतालबाट दर्ता किताब झिकाएको थियो । अस्पतालबाट प्राप्त दर्ता किताब सन्दीपले बयानका क्रममा पेश गरेको कागजातसँग नमिलेको काठमाडौं जिल्ला अदालत स्रोतले बताएको छ ।

अस्पतालले पठाएको दर्ता किताबको पानामा १६ जना सुत्केरीहरुको विवरण छ । जसमध्ये चार जनाले मात्रै १८ जेठ २०६१ मा शिशु जन्माएका छन् ।

‘दर्ता किताबको विवरण भिडाउदा पीडितको आमाको नाममात्रै मिल्छ, थर मिल्दैन’, अदालत स्रोतले भन्यो । अनलाइनखबरले प्राप्त गरेको दर्ता किताबको प्रमाणित फोटोकपीमा आमाको नाम, उमेर, अस्पताल भर्ना र डिस्चार्ज मिति उल्लेख छ । जसमा गौशाला २६ को आमाको नामबाहेक अरु विवरण मिलेको छैन ।

सन्दीप पक्षले पीडितको उमेर १८ वर्ष पुगिसकेको दाबी पुष्टि गर्न पेश गरेको अरु कागजातहरु यसअघि नै शंकास्पद र बाझिने खालका थिए । यो प्रकरणमा उच्च अदालत पाटन र सर्वोच्च अदालतले अस्पतालको दर्ता किताबबाट पीडितको उमेरको बारेमा यकिन गर्नुपर्ने औंल्याएको थियो ।

सन्दीपले पेश गरेको अस्पतालको दर्ता किताबमा गौशाला–२६ को जन्म हुँदा आमाको उमेर २८ वर्ष उल्लेख थियो । यस आधारमा आमाको जन्म २०३३ सालमा भएको पुष्टि हुन्छ । तर सन्दीपले नै पेश गरेको बसाइसराइको कागजातमा भने आमाको जन्म मिति २०३५ साल फागुन उल्लेख छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को करणीसम्बन्धी व्यवस्थामा १८ वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार मानिन्छ । जसमा १६ देखि १८ वर्षसम्मको बालिकासँग यौन सम्पर्क भए १० देखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।

१८ वर्षमाथिको किशोरीसँग सहमतिमा यौन सम्पर्क भए बलात्कार अभियोग आकर्षित हुँदैन । बलात्कार भए ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।

विहीबारदेखि सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा नियमित सुनुवाइ हुँदैछ । नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो । जिल्ला अदालतले पीडितलाई एक लाख रुपैयाँ अन्तरिम राहत उपलब्ध गराउन आदेश पनि दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।