खोलामा डुबेर भारतीय युवती सहित दुईको मृत्यु

लुम्बिनी, २१ कात्तिक : आज भएका बेग्लाबेग्लै दुई घटनामा भारतीय युवतीसहित दुई जनाको ज्यान गएको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ का अन्दाजी २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका–३ स्थित भूतखोलामा डुबेर ज्यान गएको छ भने उनीसँगै घाइते भएकी युवती युना दाहालको उपचार भइरहेको छ । उनीहरु आज बिहान १०ः३० बजेतिर खोलामा डुबेका थिए ।

उनीहरुलाई स्थानीय र दोभानस्थित प्रहरीले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि बुटवल अस्पताल प्रालिमा पु¥याइएको थियो । आचार्यको उपचारका क्रममा आचार्यको मृत्यु भएको र घाइते दाहालको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

आजै भएको अर्को घटनामा भारतीय युवतीको मृत्यु भएको छ । भारत उत्तर प्रदेश मगहरकाजिपुरबाट शैक्षिक भ्रमणमा आएकी अन्दाजी २० वर्षीया शाहिस्ता प्रवीनको दिउँसो अन्दाजी १ः३० बजे तिनाउ गाउँपालिका-३ तिनाउ खोलामा खसी मृत्यु भएको हो । ड्याममा फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खस्दा शाहिस्ताको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

खोलामा खसेर डुबेकी शाहिस्तालाई दोभान प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको थप अनुसन्धान जारी रहेको पनि जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।