चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

सिरहा, १४ पुस : चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रबार पक्राउ गरेको छ ।

यही पुस ७ गते कर्जन्हा–१ बल्टियास्थित चुरे वन क्षेत्रभित्रको कमला नदीको बगरमा डोजर प्रयोग गरी अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस सहयोग गरेको प्रमाण भेटिएपछि वनले वडाध्यक्ष पोखरेललाई पक्राउ गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

सूचना अधिकारी चौधरीका अनुसार पक्राउ परेका अध्यक्ष पोखरेललाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । यसै मुद्दामा बिहीबार डिभिजन वन कार्यालयले कर्जन्हा–७ स्थित कमला नदी किनारमा कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पुस ७ गते वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन गरिरहेको अवस्थामा एक थान डोजरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पनि वन कार्यालयले नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकाहरूलाई डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।