गृह सहित ४ मन्त्रालयमा रास्वपाको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ ।
नयाँ सत्ता साझेदार दल रास्वपाले गृहसहित चार मन्त्रालयमा दाबी गरेको हो । गृह बाहेक अरु दाबी गरेको मन्त्रालय भने खुलाएको छैन ।
तर, गृहसहित चार मन्त्रालयल आफूलाई चाहिने रास्वपाले अडान लिएको हो । गृह मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने जनाइएको छ ।
गृहमा नेकपा एमाले र रास्वपाले दाबी गरेका छन् ।
मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।


