माधव नेपाल सत्ताको इपिसेन्टर बन्दै

काठमाडौं । माधव नेपालसँगको छलफल सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । नेपालको कोटेश्वर निवासमा भएको दुई घण्टा लामो छलफलमा सत्ता सहकार्यको लागि दाहाल र ओलीले प्रस्ताव गरेका थिए ।

नेपाल निवास कोटेश्वरबाट बाहिरिने क्रममा ओलीले माधव नेपाल अस्वस्थ भएको कारण स्वास्थ्यलाभको कामना गर्न आएको र सो क्रममा राजनीतिक विषयमा पनि कुराकानी भएको प्रतिक्रिया दिए । उनले माधव नेपालसँगको छलफल सकारात्मक भएको पनि जानकारी दिए ।

दाहाल र ओली निस्किएलगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेपाल निवास छिरेका छन् । प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएपछि राजनीतिक तातिएको छ । प्रधानमन्त्री दाहाललै हिजै सानो मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।

तर, मन्त्रालय भागबण्डा र सरकारमा सहभागी हुने दलको छिनोफानो नभएको कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन भने समय लाग्ने भएको छ । माधव नेपालले पनि सरकारमा सहभागिता जनाउने चाहना राखेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖