देउवा–नेपालबीच ‘वान टू वान’ वार्ता

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । नेता नेपालको निजी सचिवालयका अनुसार आज जन्मदिन परेका नेपाललाई भेट्न सभापति देउवा कोटेश्वर पुगेका हुन् ।

सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपालको निवासमै पुगेर उनलाई पुगेर भेटेका थिए । ओली र प्रचण्ड नेपालको निवासबाट बाहिरिए लगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन त्यहाँ पुगेका थिए । दाहाल र ओलीसँगको दुई घण्टा लामो छलफलमा नेपाललाई सत्ता सहकार्यको लागि प्रस्ताव गरेका थिए ।

नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने वा नहुने विषयलाई टुङ्गो लगाउन अहिले ११ बजे समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । राजनीतिक समीकरण बदलिएका बेला सभापति देउवा र नेता नेपालको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।