लेखक संघ कोशीद्वारा सल्लाहकार समिति गठन

विराटनगर । २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेशको पहिलो बैठकले सल्लाहकार समिति गठनसहित विभिन्न निर्णय गरेको छ ।
शनिबार संघका प्रदेश अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा विराटनगरमा बसेको पहिलो बैठकले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

समितिमा अग्रज साहित्यकार डा. गोपाल भण्डारी (सुनसरी), प्राज्ञ विवश पोखरेल (मोरङ), विमल वैद्य (इलाम), केशव आचार्य (झापा) र डा. विमला श्रेष्ठ (मोरङ) सल्लाहकारमा मनोनित गरेको महासचिव मीनकुमार नवोदितले जानकारी दिए ।

त्यस्तै प्रदेश कार्यसमितिमा झापाकी गीता निरौलालाई मनोनित गरिएको छ ।
त्यस्तै सो बैठकले अध्यक्ष गोकुल अधिकारी, उपाध्यक्ष लता खरेल, महासचिव मीनकुमार नवोदित, सचिव वासुदेव पोखरेल र कोषाध्यक्ष लक्ष्मी रायमाझी रहने गरी ५ सदस्यीय सचिवालय समितिसमेत गरेको छ । बैठकले प्रदेशका बाँकी रहेका जिल्लाहरुमा संघका गतिविधि चलायमान बनाउन समिति विस्तार गर्ने, भाषा, कला, साहित्य र संस्कृतिको विकासका लागि तीनै तहको सरकारलाई ध्यान दिन आग्रह गर्नेलगायतका निर्णय पनि गरेको महासचिव नवोदितले जानकारी गराए ।-फाइल तस्बीर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖