झापा र उदयपुरबाट प्रतिवन्धित लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, चैत्र २० । झापा र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको मेचिनगर नगरपालिका-६ स्थित मेचीपुलमा लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा भारतबाट नेपाल आउदै गरेकी सुनसरी रामधुनी नगरपालिका-७ की २४ बर्षीया कन्चन परियारलाई ७०० मिलिग्राम ब्राउन सुगर र नगद नेपाली रुपैया १ लाख ३९ हजार सहित नियन्त्रणमा लिएको छ भने मेचिनगर नगरपालिका-१० स्थितबाट ईलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी टोलीले बिर्तामोड-१ का २१ बर्षीय गंगा प्रसाद मगरलाई ५ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी बिर्तामोड नगरपालिका-३ का २४ बर्षीय अशोक साह र २३ बर्षीय सुमित मल्लिकलाई ८० मिलिग्राम ब्राउनसुगर सहित प्रहरी चौकी बिर्ताबजारले र जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१२ का २३ बर्षीय समिर मगर र रोहित चौधरीलाई निषेधित औषधी ३१८ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖