शैक्षिक क्षेत्रमा काम गर्दै आएको आईसीसीसी सामाजिक काममा पनि सक्रिय बन्दै

काठमाडौं – नयाँ बर्षको अवसरमा इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) ले रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र आईसीसीसीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाभन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन् । नेपाल मेडिकल कलेज (एनएमसी) ब्लड बैंकसँगको सहकार्यमा विहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउसो १ बजेसम्म चलेको थियो । आईसीसीसीले शिक्षा क्षेत्रमा गरेको महत्वपूर्ण योगदानसँगै सामाजिक काममा पनि लाग्ने उदेश्य अनुरुप रक्तदान कार्यक्रमको आयोजना गरेको आईसीसीसीका निर्देशक राम खड्काले बताए ।

खड्काले आईसीसीसी जिम्मेवार भएर शिक्षाको क्षेत्रमा काम गरिरहँदा अब भोलीका दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए । त्यस्तै आईसीसीसीका म्यानेजर अमित श्रेष्ठले नेपाली विद्यार्थीलाई अध्ययनका लागि क्यानडा पठाउने संस्थाको रुपमा परिचित आईसीसीसीले आफूलाई समाजमा अन्तरघुलित गराउन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

यो नयाँ वर्षको सुरुवात हामीले सामाजिक कार्य गरेर गरेका छौं । आईसीसीसीले आफ्नो सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने हिसावले हामीले रक्तदान कार्यक्रमको आयोजनजा गरेका हौं ।’, श्रेष्ठले भने, ‘हामी मात्र होइन् सम्पूर्ण नेपालीहरु यो र यस्तै सामाजिक कार्यमा लाग्नुपर्छ भन्ने हामीलाई लागेको छ । हेर्दा सामान्य जस्तो देखिए पनि यो रगतले कसैको जीवन जोगाउँछ । हामीले रगत दान मात्र गरेका छैनौं, कसैलाई जीवन दान पनि दिएका छौं ।

आईसीसीसीले सबै दाताहरूका लागि सुरक्षित र स्वच्छ वातावरण उपलब्ध गराएर उदाहारण प्रस्तुत गरेको छ । यस नयाँ वर्षमा सबै कुरा बिर्सिएर मानवतालाई नजिक ल्याउने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको आइसीसीसीले जनाएको छ । आईसीसीसीले नेपालबाट अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीलाई सहि परामर्श दिनुका साथै क्यानडामा भएका विद्यार्थीलाई सहजिकरण गरिदिने गरेको छ ।

आईसीसीसीमा शैक्षिक परामर्शसँगै भिसाको पूर्व तयारी कक्षा, डकुमेन्टेशन र भिसा एप्लाई लगायतका काम हुदै आएका छन् । साथै, आईसीसीसी नेपालकै सबैभन्दा राम्रो र भरपर्दौ शैक्षिक कन्सल्टेन्सीको रुपमा स्थापित छ । आईसीसीसीले चावहिलसहित काठमाडौंको कमलादी, काठमाडौंको पुतलीसडक, पोखरा, बुटवल, चितवन, इटहरी, झापाबाट नेपाली विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖