झापा र सुनसरीबाट लागुऔषध सहित ७ जना पक्राउ

बिराटनगर, बैशाख ०७ गते । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले झापा जिल्लाका छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ६ सय ४० मिलिग्राम र नगद १२ हजार ४६० रुपैया सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुद्वशान्ती गाउँपालिका- १ का २३ बर्षीय रत्न बहादुर राय, मेचिनगर नगरपालिका- १० का २४ बर्षीय बिक्रम राजवंशी, २२ बर्षीय बिशाल लिम्बु र मेचिनगर- १२ का २२ बर्षीय नेत्र बहादुर राई रहेका छन् ।

त्यस्तै सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट ११ ग्राम ९४५ मिलिग्राम ब्राउनसगुर, TRAMANIL, NITRAVET गरी १ सय ट्याब्लेट र नगद ८ हजार १५५ रुपैया सहित मोरङ केराबारी गाँउपालिका- १० का ३७ बर्षीय राजु मगर, बराहक्षेत्र नगरपालिका- ७ का २५ बर्षीय सुरन भण्डारी र तेह्रथुमका २९ बर्षीय राजिन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।