लैंगिक हिंसा रोकथाम गर्ने गरी बजेट ल्याउन महानगरलाई गैससको सुझाव

विराटनगर । आगामी आर्थिक वर्षको बजेटमा लैंगिक हिंसा रोकथामका कार्यक्रमलाई समेटेर बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् ।

महानगरपालिकामा बुधबार आयोजित छलफलमा गैरसरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरुले लैंगिक हिंसा रोकथामलाई बल पुग्ने गरी बजेट बनाउन सुझाव दिए । एवीसी नेपाल कोशी प्रदेशकी अध्यक्ष विष्णु शर्माले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, लैंगिक हिंसा पीडित, बालबालिकाको हितमा कार्यक्रम सञ्चालन गर्ने गरी बजेट ल्याउन सुझाव दिइन् । कोकनकी प्रमुख मञ्जिता उपाध्यायले विराटनगर कोशी प्रदेशको राजधानी हुनुका साथै प्रदेशको एक मात्रै महानगरपालिका भएकाले पनि यहाँ हुने गतिविधिले अन्य पालिकाले समेत प्रेरणाका रुपमा लिने बताइन् । अन्य स्थानीय तहले अनुशरण गर्ने गरी सामाजिक क्षेत्रलाई समेटेर बजेट ल्याउनुपर्नेमा उनले जोड दिइन् ।

खुल्ला सीमानाका कारण हुने लागूऔषध सेवन र ओसारपसारलाई न्यूनीकरण गर्न विशेष अभियान जरुरी रहेकाले त्यसतर्फ पनि बजेट केन्द्रित हुनुपर्ने सिविनका वासु अधिकारीले सुझाव दिइन् । कार्यक्रममा भीएनएफपीएका श्याम थापा, बाल समाजकी सीता पौडेल, नारी विकास संघकी सीता शर्मा, ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेशका अध्यक्ष मणि अज्र्याल, ज्येष्ठ नागरिक संघ विराटनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, सामथ्र्य समाजकी आकृति रानी फुयल, अधिकारकर्मी कोषराज न्यौपानेलगायतले स्थानीय रुपमा सञ्चालित गैरसरकारी संस्थाको क्षमता विकास, ज्येष्ठ नागरिक, युवा, बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिको हितमा बजेट आउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कार्यबाहक मेयर मधुबाबु तिवारीले छलफलमा अत्यन्तै राम्रा सुझाव आएको बताए । उनले आएका सुझावलाई आगामी वर्षको बजेटमा समेट्ने प्रतिबद्धता जनाए । वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेतले भौतिक विकाससँगै मानवीय विकासलाई पनि महानगरले प्राथमिकतामा राखेर अगाडि बढिरहेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगरको आन्तरिक आम्दानी कम भएका कारण सबैको अपेक्षा पूरा गर्न नसकिएको प्रस्ट पारे । महानगरले गर्नुपर्ने क्षेत्र धेरै भएकाले अहिलेको आम्दानीले सबै क्षेत्रलाई समेट्न गाह्रो परेको बताए ।

सो अवसरमा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतमलगायतले महानगरको राजस्व संकलनको अवस्था, बजेटका प्राथमिकता र लक्ष्यलगायतका विषयमा जानकारी गराएका थिए । गैसस मोरङकी अध्यक्षसमेत रहेकी विष्णु शर्माले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने सुझाव लिखित रुपमै बुझाउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।