विराट नर्सिङ होममा भर्ना भएकी दुर्गा रिमालको मृत्यु भएपछि..

इटहरी । इटहरी-५ सिमरबनाकी दुर्गा रिमाल (घिमिरे) बुधवार विराट नर्सिङ होममा भर्ना भइन् । जिउ र पेट सामान्य दुखेको भन्दै अस्पताल पुगेकी उनलाई डाक्टरको सल्लाह अनुसार भर्ना गरिएको हो ।

सामान्य अवस्थामा अस्पताल भर्ना भएकी उनलाई बिहीबार डाक्टरले मृत घोषणा गरेपछि विराट नर्सिङ होमको अवस्था तनावग्रस्त बनेको छ । खाजा खाएर अस्पतालको तला माथि हिँड्दै चढेकी उनलाई अत्यधिक औषधि प्रयोग गरेपछि निधन भएको परिवार श्रोतले जनाएको छ ।

एकै पटक लगातार पाँच वटा भन्दा बढी सिरिन्जबाट औषधि चलाएको परिवारका सदस्यहरू बताउँछन् । मुटुमा समस्या आएको कारण बिरामी अचेत भएको बताउँदै आएका डाक्टरले बिहीबार मृत घोषणा गरेका हुन् । डाक्टरहरू भानु न्यौपाने र डाक्टर ललित राजवंशीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको परिवारजनले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖